शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीको गौशालाबाट ३५ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ

आइतबार, ०५ जेठ २०७६, १५ : ०५
आइतबार, ०५ जेठ २०७६

काठमाडौं–राजधानीको गौशालाबाट करीब ३५ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ परेका छन् । 

गौशालास्थित गणेशस्थानबाट ३४ लाख ८९ हजार ३०० रुपैयाँसहित सोलुखुम्बु अर्जुन राई, सुलिन राई  तथा सुनसरीका जगत खड्का पक्राउ परेको महानगरीय प्रहरी बृत्त गौशालाका डीएसपी सुनील मल्लले जानकारी दिए । 

अवैध हुण्डीको कारोबार हुने गरेको गोप्य सुचनाको आधारमा डीएसपी मल्लकै नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको छ।  

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप