शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पृथ्वी राजमार्गमा सवारी दुर्घटना बढ्दो

आइतबार, ०५ जेठ २०७६, १४ : ३१
आइतबार, ०५ जेठ २०७६

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालकिा वडा नं ४ बुल्दीपुल नजिक गत फागुन १८ गते बस र कार ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भयो । त्यसको तीन दनिपछि व्यास नगरपालकिा वडा नं १२ घाँसीकुवामा सडकबाट जीप खस्दा दुईको मृत्यु हुनुका साथै ११ घाइते भए । 

फागुन २६ गते रसिङि गाउँपालकिा वडा नं ६ सार्कीचौतारास्थति भित्री कच्ची सडकखण्डमा ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु हुनाकासाथै सात घाइते भए । चैत २३ गते पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालकिा–२ नारीघाटमा यात्रुवाहक बस र ट्रक ठोक्किँदा बसमा सवार १३ जना घाइते भए । 

चालू आर्थकि वर्षको नौ महिनाको तथ्याङ्कअनुसार जल्लिामा अत्यधकि सवारी दुर्घटना भएको देखएिको छ । पृथ्वीराजमार्ग र भत्रिी सडकखण्डमा सो अवधमिा सवारी दुर्घटनामा परी ५२ जनाको मृत्यु भएको थयिो । सवारी साधनको तीव्र गति खाल्डाखुल्डी सडक, पैदलयात्रीको लापर्वाहीजस्ता कारणले सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढेको हो ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख पूर्णबहादुर अधकिारी तीव्र गतमिा सवारी चलाउनाले  दुर्घटना बढेको बताउँछन् । उनका अनुसार तीव्र गतमिा सवारी साधन चलाउने, एकअर्काबीच प्रतस्पिर्धा, सडकमा खाल्डाखुल्डी लगायतले सवारी दुर्घटना बढेको हो । उनी भन्छन्, ‘सडकसमेत ठाउँठाउँमा भत्कएिको छ, समयमै मर्मत नहुँदा मोटरसाइकल र स्कुटर बढी  दुर्घटनामा पर्ने गरेको छ ।’

पृथ्वीराजमार्गको ७२ किमी भाग तनहुँ जिल्लामा पर्दछ । पृथ्वीराजमार्ग र ग्रामीण भेगमा यो अवधमिा ९६ वटा दुर्घटना भएकामा २०५ घाइते भएका छन् । वैशाख महीनामा मात्रै आठ दुर्घटना भएकामा दुईको मृत्यु हुनाका साथै २७ घाइते भएको उक्त कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा ११२ सवारी दुर्घटनामा ६५ ले ज्यान गुमाएका र १६१ घाइते भएका  थएि ।  अधिकारीका अनुसार सबैभन्दा बढी दुर्घटनामा मोटरसाइकल त्यसपछि बस, जीप, ट्रक, ट्र्याक्टर र माइक्रोबस परेका छन् । 

पृथ्वीराजमार्गको कोत्रे, खैरेनीटार, अकला, गुणादी, कमलाबारी, नाहाला, वमिलनगर, पावरहाउस, बरादी, एक्लेफाँट, सत्रसय, मार्कीचोक, आँबुखैरेनी क्षेत्रमा बढी दुर्घटना हुने गरेको छ । दुर्घटना बढी हुने २८ ठाउँमा कन्भेक्स ऐनासमेत राखएिको छ ।

ट्राफिकले तीव्र गतमिा हुईंकिने सवारी नियन्त्रणका लागि राडर गनमार्फत गति मापन गर्दासमेत दुर्घटना न्यूनीकरण हुन नसकेको कार्यालय प्रमुख अधकिारी बताउँछन्  । उनका अनुसार जल्लिामा दैनकि सात स्थानमा ट्राफकि जाँच हुँदै आएको छ । 

ट्राफकि प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ । सवारी दुर्घटनालाई न्यूनीकरण गर्न पैदलयात्री, सवारी चालक, यातायात व्यवसायी र वद्यिालयका वद्यिार्थीलाई ट्राफकि नयिमसम्बन्धी चेतनामूलक प्रशक्षिणसञ्चालन गरएिको कार्यालय प्रमुख अधकिारी जानकारी दिन्छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप