केन्द्रीय संस्करण
संस्मरण

‘पारिजातसँगको मित्रता र अन्तरविरोधपूर्ण मेरो सम्बन्ध’

निनुको आँखामा पारिजात : मान्छे संवेदनशील तर व्यक्ति पूजक

person explore access_timeजेठ ५, २०७६ chat_bubble_outline0
photo : Nepal Picture Library

पारिजातसँगको पहिलो भेट

२०, २१ सालतिरको कुरा होला । त्यतिबेला म काठमाडौँको एउटा छात्रवासमा बस्थेँ । वाल्मीकि क्याम्पसमा पढ्थेँ । त्यहाँ विमल चापागाईं नाम गरेका एक जना  मित्र थिए । म व्याकरण पढ्थेँ तर उनले छुट्टै विषय पढ्थे । एक दिन उनै साथीले मसँग पारिजातलाई भेट्ने प्रस्ताव राखे । त्यतिबेला पारिजात यम हाउसमा बस्नुहुन्थ्यो । त्यो अहिलेको पैरवी पुस्तकभन्दा अलिकति दक्षिणमा पर्छ । त्यतिखेर  उहाँले शिरिषको फूल उपन्यास मदन पुरस्कार गुठीलाई दिइसक्नुभएको थियो ।

पारिजात ठूलो साहित्यकार हुन् र मैले भेट्नुपर्छ भन्ने कुनै विचार पनि थिएन ममा । मेरो आन्तरिक अभिप्रेरणाले जाऊँ भनेर गएको पनि होइन । त्यतिबेला निराशा प्रकृतिका कथाबाट उहाँ प्रख्यात हुनुहुन्थ्यो । उहाँसँग मेरो पहिलो भेटको त्यति राम्रो प्रभाव परेन ।

पारिजातको दिउँसो सुत्ने चलन रहेछ । हामी गएपछि उठ्नुभयो । उठेलगत्तै चुरोट तान्न थाल्नुभयो । म बाहुन संस्कारमा हुर्केको मान्छे, त्यतिबेला अहिले जस्तो प्रगतिवादी थिइनँ । कस्ती खालकी मान्छे रहिछन् भन्ने लाग्यो । उहाँको हात खुट्टा कुँजिएको र राम्रोसँग चल्दैनथ्यो ।

त्यहाँबाट मेरो सङ्गत पारिजातसँग मृत्युपर्यन्त चलिरह्यो ।

पछि पारिजातको दुई तीनवटा चिठी वेदनामा प्रकाशित भए । ती चिठी हेरिसकेपछि मलाई के अनुभूति भएको थियो भने उहाँसँग मेरो भेट आकस्मिक नभई, सुनियोजित थियो ।

म छात्रवासमा पढन्ते विद्यार्थीका रूपमा चर्चित थिएँ । त्यो कुरा पारिजातकहाँ पहिले नै पुगेको हुनुपर्छ । अहिले आएर अनुभूति हुन्छ, पारिजात आफैले खोजेर मलाई बोलाउनुभएको रहेछ । उहाँसँग घनिष्टता बढ्दै गएपछि जाने आउने क्रम प्रत्येक शनिबारजसो हुन् लाग्यो ।

photo : Nepal Picture Library

महेश मास्के र पारिजात

महेश मास्केलाई पारिजातसँग चिनाउने म नै थिएँ । महेश मास्के त्यतिबेला अस्कलमा पढ्नुहुन्थ्यो । त्यसपछि उहाँ छात्रवृत्ति पाएर दरबङ्गामा पढ्न जानुभयो । त्यही क्रममा मैले ०३१ सालमा उहाँलाई निर्मल लामा कहाँ लगेको थिएँ । त्यतिबेला पारिजात पनि निर्मल लामा कहाँ नै बस्नुहुन्थ्यो । यसै क्रममा मास्के र पारिजातबीच चिनजान भयो । त्यसपछि अरूलाई भन्दा अलि बढी नै विश्वास गर्न लाग्नुभएको थियो मास्केलाई । एकआपसमा उनीहरु निकै घनिष्ट रहे ।

उहाँले मास्केलाई लेखेका केही चिठी मसँग पनि थिए । केही अझै पनि मास्केले मलाई देखाउनु भएको छैन । त्यतिबेला म वेदना पत्रिकाको प्रधान सम्पादक थिएँ । पारिजातका चिठी पढेपछि मलाई अनौठो अनुभूति हुन्छ । कुनै कुनै कुरा हामीले पारिजातबारे बनाएका धारणाभन्दा भिन्न प्रकृतिका छन् ।


निर्मल लामाका साथी रहेका केही साहित्यकारहरु पारिजातकहाँ धाउने पनि बढी भयो । अलिअलि उनीहरुका यौनकुण्ठा पनि रहे होलान् भन्ने लाग्छ । पारिजात उनीहरुबाट बच्न पनि चाहनुहुन्थ्यो सायद ! त्यसकारण आत्मसुरक्षाको कुरा त्यहाँ छ । म नाम त भन्दिनँ । केही त वितिसके केही जीवित नै छन् । युवा साथीहरु सबै जमघट भएपछि सुरक्षित हुन्छु पनि भन्ने लाग्यो होला । त्यही क्रममा राल्फा बन्यो ।


आत्मसुरक्षाका निम्ति राल्फा

उहाँसँग चिना परिचय भएपछि निरन्तर जाने आउने क्रम भइरह्यो । यसैक्रममा मेरो रामेश, रायन र मञ्जुलसँग भेटघाट भयो । रामेश र रायन त्यतिखेर रेडियो नेपालमा लोकगीत गाउँथे । पारिजातलाई ती लोकगीत चाहिँ ‘लोकगीतका नाममा लोकगीत मात्र बनाएका होइनन्’ भन्ने लाग्दो रहेछ । त्यसकारण पारिजातलाई उनीहरुसँग भेट्न पाए हुन्थ्यो भन्ने लागेको रहेछ । त्यस पछाडि मञ्जुलको माध्यमबाट उनीहरुसँग भेटघाट भएको थियो । यसरी जमघट भएपछि त्यो राल्फा बन्यो ।

पारिजातले पठाएका चिठी पढेपछि पारिजातले राल्फा आत्मसुरक्षाका निम्ति बनाउन खोज्नुभएको रहेछ भन्ने लाग्यो । तर उहाँ कति सुरक्षित हुनुभयो भन्ने कुरा उब्जिन्छ ।

पारिजातले शिरिषको फूल लेखिसकेपछि शङ्कर लामिछानेले भूमिका लेखे । उनी त्यतिबेला गन्नेमान्ने साहित्यकारका रूपमा थिए । शिरिषको फूलले मदन पुरस्कार पनि प्राप्त गर्याे । निर्मल लामाका साथी रहेका केही साहित्यकारहरु पारिजातकहाँ धाउने पनि बढी भयो । अलिअलि उनीहरुका यौनकुण्ठा पनि रहे होलान् भन्ने लाग्छ । पारिजात उनीहरुबाट बच्न पनि चाहनुहुन्थ्यो सायद ! त्यसकारण आत्मसुरक्षाको कुरा त्यहाँ छ । म नाम त भन्दिनँ । केही त वितिसके केही जीवित नै छन् । युवा साथीहरु सबै जमघट भएपछि सुरक्षित हुन्छु पनि भन्ने लाग्यो होला । त्यही क्रममा राल्फा बन्यो ।

कुनै सङ्गठनमा भएपछि अलिकति अगाडि आउन पाइन्छ भन्ने रामेश र रायनलाई पनि लाग्ने । रामेशसँगको निकटताले मञ्जुललाई पनि लाग्ने । सङ्गठनको माध्यमबाट गीत सङ्गीत सबैतिर पुर्याउन सकिन्छ भन्ने पनि लाग्यो होला भने अर्काेतिर बिटल्स पनि आइसकेको थियो । तिनीहरुको प्रभाव पनि पर्याे ।

यसरी राल्फा बन्न त बन्यो तर त्यसको खास नाम थिएन । पछि अर्थ दिनेले ‘रिभोलोस्नरी’ पनि भने । त्यतिखेर मञ्जुल अर्थहीन शब्दनिर्माण गर्नमा नामी थिए ।

राल्फाको म कान्छो सदस्य त होइन तर सुरुको अवस्थामा सदस्य बन्नेहरुमध्ये  कान्छो नै हुँ । त्यतिबेला म लेख्ने पनि गर्दिनथेँ । राल्फामा कोही गाउने थिए भने कोही लेख्ने थिए । पारिजातसँग भेट भएपछि मात्र म लेख्न प्रवृत्त भएको हुँ ।

मैले राल्फाली भएर केही कथा र निबन्ध पनि लेखेँ । त्यतिबेला ती विभिन्न पत्रपत्रिकामा छापिएका थिए । म अलि विचारलाई महत्त्व दिने मानिस थिएँ । पारिजातसँग अरू सङ्गतमा अरू मानिस नजिक थिए तर विचारको कुरा आएपछि म नजिक थिएँ ।

निर्मल लामा पारिजातको ज्वाइँ हुनुहुन्थ्यो । बामपन्थी आन्दोलनका एक शीर्ष नेता । उहाँकै कारणले पारिजातले माक्र्सवादी अध्ययनतिर जोड दिनुभयो । हाम्रो कुनै चिन्तन थिएन । हामी राल्फाली स्वतन्त्रताका पक्षपाती र छुट्टै हौँ भन्ने ढर्राका कुराहरु थिए । त्यसपछि ०२२, २३ सालतिर विद्यार्थीहरु कोही प्रजातन्त्रवादी हुने कोही प्रगतिशील हुने क्रम चलिरह्यो । बाहिर चर्काे रूपमा नआए पनि सङ्गठित हुने क्रम त्यतिबेलाबाट नै चलेको थियो । त्यसपछि मानिसहरुले हामीलाई सोध्न लागे, तिमीहरु कुन सङ्गठनमा हो भनेर । हामी कतै होइन, हाम्रो छुट्टै दर्शन छ भनियो । तर हामी अरूभन्दा भिन्न हौँ भनेर देखाउनका लागि पनि पढ्नुपर्ने भयो । त्यही क्रममा म आफूलाई फरक देखाउनका लागि पढ्न थाले । मलाई भित्रभित्रै  माक्र्सवादी भन्न थाले । त्यसपछि म निर्मल लामासँग निकट भएँ । यहीबेला नै माक्र्सवादको अलिअलि विजारोपण भएको थियो । रायनले २०१४ सालतिर नै युवा सङ्गठनको सदस्य भएको थिएँ र धेरै अगाडिबाट माक्र्सवादी भएको हुँ भन्नुहुन्छ । तर त्यसको कुनै लक्षण र चरित्रहरु त्यहाँ कतै देखिँदैनथे ।

म फेरि काठमाडौँ फर्किएँ

२०२६ सालमा मैले एमए पास गरेँ । गाउँमै बसेर राजनीति गर्छु भन्ने सोच विजारोपण भयो । त्यसपछि निर्मल लामासँग सल्लाह गरेँ । निर्मल लामा र पारिजात दुवैले गाउँमा जाने सल्लाह दिनुभयो । म आफ्नो गाउँ गएँ र हाइस्कुलमा प्रधानाध्यापक भएँ ।

मैले त्यहाँ तीन वर्षजति काम गरेँ । त्यतिबेला माक्र्सवादी सङ्गठनात्मक कुरा पनि जानेको थिएन । गाउँमा गएर कसरी काम गर्ने थाहा पनि थिएन । आदर्श र गर्छु भन्ने हुटहुटी मात्र थियो । केही समयपछि चार महिना जति म जेल परेँ ।


यतिबेलासम्म पारिजातसँग मेरो सम्बन्ध दिदी भाइको थियो । मैले पढेका किताब उहाँलाई दिन्थेँ र उहाँले पढेका किताब मलाई दिनुहुन्थ्यो । तर सङ्गठनात्मक दृष्टिले म बलियो भएँ  । उहाँले सदस्यतासमेत लिनुभएको थिएन । यद्यपि त्यतिबेलासम्म मैले पनि सदस्यता पाएको थिइनँ । त्यहाँ उम्मेदवार सदस्य भन्ने हुन्थ्यो ।


मेरो घरको आर्थिक अवस्था सम्पन्न नै थियो । जेल परेपछि आमाबाबुले तुरुन्तै घर छाडेर काठमाडौँ जा । उतै जागिर खा भन्न थाल्नुभयो । म तीन वर्ष गाउँमा बसेर काठमाडौँ फर्किएँ तर जागिर खाने धुनमै थिइनँ ।

काठमाडौँ फर्किएपछि न्युक्लियस चौथो महाधिवेशन सुरुवात भयो । म त्यो सङ्गठनमा गाँसिएँ पनि । त्यति मात्र होइन म काठमाडौँ जिल्लाको डीसीयस नै भएँ । सानो समूह थियो । मलाई निर्मल लामाजीले ल्याउनुभयो । पार्टीको विश्वासनीय मान्छे म नै थिएँ ।

राजनीतिक पार्टीको सदस्यता

यतिबेलासम्म पारिजातसँग मेरो सम्बन्ध दिदी भाइको थियो । मैले पढेका किताब उहाँलाई दिन्थेँ र उहाँले पढेका किताब मलाई दिनुहुन्थ्यो । तर सङ्गठनात्मक दृष्टिले म बलियो भएँ  । उहाँले सदस्यतासमेत लिनुभएको थिएन । यद्यपि त्यतिबेलासम्म मैले पनि सदस्यता पाएको थिइनँ । त्यहाँ उम्मेदवार सदस्य भन्ने हुन्थ्यो । ०३१ सालको विद्यार्थी आन्दोलनमा निर्मल लामा जेल पर्नुभयो । ०२९ सालदेखि चौथो सम्मेलनको नेतृत्व शिथिल हुन लागिसकेको थियो । ०३३ सालमा विद्यार्थी सङ्गठनको अनेरास्ववियु केन्द्रीय सम्मेलन पनि भयो । त्यसपछि विद्यार्थी सङ्गठनमा कमिटी बनाउने र सञ्चालन गर्ने म पनि भएँ । म विद्यार्थी त थिइनँ तर पछिल्लो चरणमा संयोगले विद्यार्थीको नेतृत्वमा पुगेँ । अर्कै मान्छेलाई पार्टीले तय गरेको थियो । उहाँ बिरामी परेको हुनाले जान सक्नुभएन । मोहनविक्रमजीले मलाई तिमी सदस्य बन भन्नुभयो । त्यसपछि बल्ल मैले पार्टीको सदस्यता लिएँ ।

पारिजातलाई सदस्यता दिने कि नदिने भनेर लामाजीले मलाई सोध्नुभयो । त्यतिबेला मोहनविक्रम महासचिव हुनुहुन्थ्यो । लामाजी र मेरो पारिजातलाई सदस्यता दिनेप्रति त्यति सकारात्मक धारणा थिएन । केही समय काममा लगाएर हेरौँ न भन्ने थियो । तर हामीलाई थाहा नदिई मोहनविक्रमजीले उहाँलाई सदस्यता दिनुभयो । सदस्यता मात्र नभई महिला सङ्गठनको अध्यक्ष पनि हुनुभयो । त्यस पछाडि मोहनविक्रम कारबाहीमा पर्नुभयो र निर्मल लामा महासचिव हुनुभयो ।

सम्बन्धमा तिक्तता

पारिजात स्मृति ग्रन्थमा पारिजातले ०३१ सालमा पार्टी सदस्यता पाएको भनिएको छ । तर उहाँले ०३४ सालमा पाउनुभएको हो । त्यसपछि काठमाडौँको पार्टीको नेता म भएँ । पारिजात सामान्य सदस्य मात्र हुनुभयो । यहाँको सांस्कृतिक सङ्गठन चलाउने र साहित्यिक नेता पनि म नै भएँ । तर पारिजात मभन्दा अगाडिको मान्छे हुनुहुन्थ्यो, साहित्य र अरू सबै रूपबाट । म सङ्गठनको नेता भएपछि पारिजातलाई अस्ति आएको मान्छे मभन्दा माथि हुने ? भन्ने लागेछ । यसैबीच हामीमा अलिअलि फाटो भयो ।

०२८, ०२९ तिर उहाँले बैंसको मान्छे लेख्नुभयो । बैंसको मान्छेको बारेमा रूपेखामा सुशील देवकोटाको नाममा मैले आलोचना गरेको थिएँ । त्यो आलोचना राल्फालीहरुले पनि पढेका छन् । त्यो अलि खरो थियो । मलाई अहिले आएर अलि बढी नै आलोचना गरिएछ कि भन्ने लाग्छ । पारिजातलाई पनि यो राल्फालीहरुले नै लेखेको हो भन्ने लागेको थियो तर को हो भन्ने चिन्नुभएको थिएन । लामाजीले पछि धेरै अप्ठ्यारो होला, अहिले नै पारिजातलाई भन्नुहोस् भनेर सुझाव दिनुभयो । निर्मलजीको आग्रहपछि पारिजातसँग त्यो आलोचना मैले नै गरेको हुँ भनेँ ।


उहाँ बिरामी भएर वीर अस्पताल हुनुहुन्थ्यो । उहाँले अब मृत्यु हुन लाग्यो भनेपछि निनुलाई पनि बोलाउनुपर्छ भन्नुभएछ । म राति साढे चार बजे पुगेको छु  भेट्न । हामीबीचमा अन्तरविरोध पनि थियो साथै मित्रता पनि  ।


यसपछि हाम्रो सम्बन्ध साँघुरिँदै गयो । पारिजात  र मैले ०२९ पछि एउटै भान्सा पनि प्रयोग गर्यौँ । उहाँले मेरा ओढ्ने ओच्छ्याउने लगायत भाँडाकुडा पनि प्रयोग गर्नुहुन्थ्यो । सबै फिर्ता गर्नुभयो । केही छिटपुट सामानहरु उहाँको मृत्युपछि पनि आए । सीधै एक अर्कासँग कुरा नगर्ने, कुरा गर्नुपर्याे भने तेस्रो व्यक्ति खटाउनुपर्ने अवस्था आयो ।

राल्फा सँगसँगै सङ्गठनका दृष्टिले पनि उहाँसँग निकट भइयो । त्यसो हुँदा उहाँलाई नजिकबाट बुझ्न पाएँ । तर समस्या के भने मान्छेलाई धेरै बुझेपछि राम्रो मात्र बुझिँदैन, नराम्रो कुरा पनि बुझिने रहेछ । हामी आदर्शवादी मान्छेलाई राम्रो कुराले भन्दा नराम्रो कुराले किच्ने रहेछ कहिलेकाहीँ ।

पारिजातले चिन्ने चारजना मानिसमध्ये इन्दिरा दली, महेश मास्के र अर्का दयासिंह जो दार्जिलिङबाट आएर काठमाडौँमा पढ्दादेखिका साथी थिए । धेरथोर ठाउँँमा मलाई पनि चिन्ने मान्छेमा राख्नुहुन्छ जस्तो लाग्छ । तर पारिजातले भन्दा सुकन्याले नै धेरै ठाउँमा मेरो नाम लिएको पाउँछु । सुकन्या भनेको पारिजातको एक आन्द्रा, एक मुटु जस्तो हो । उहाँहरुमा हरेक कुराको आदान प्रदान भइरहने । नातामा दिदी बहिनी भए पनि एकदम मिल्ने साथी ।

उहाँ बिरामी भएर वीर अस्पताल हुनुहुन्थ्यो । उहाँले अब मृत्यु हुन लाग्यो भनेपछि निनुलाई पनि बोलाउनुपर्छ भन्नुभएछ । म राति साढे चार बजे पुगेको छु  भेट्न । हामीबीचमा अन्तरविरोध पनि थियो साथै मित्रता पनि  ।

निराशाबाट माक्र्सवादतर्फ

उहाँमा माक्र्सवादको सूत्रपात हुन लागेको ०२८, २९ सालतिर हो । ०२६ सालपछि सिटीहलको बुढो ज्यामी, सडक र प्रतिभा भन्ने केही कथा सङ्ग्रहहरु छापिए । ती कथा सङ्ग्रहका केही कथाहरुबाट उहाँ त्यतातिर लाग्नुभएको हो । स्वाट्टै परिवर्तन भएको होइन । माक्र्सवाद अलिअलि बिजारोपण हुँदै थियो । पहिलेका मान्यता पनि सकिनसकेका र नयाँ मान्यता पनि पूर्ण रूपमा पच्छ्याइ सक्नुभएको थिएन ।

०३४ सालतिर जब उहाँले पार्टी सदस्यता लिनुभयो महिला सङ्गठनको अध्यक्ष भएर काम गर्न लाग्नुभयो । कम्युनिस्ट सङ्गठन भएका क्षेत्रतिर पुग्नुभयो । यस पछाडि  मात्र पूर्ण रूपमा माक्र्सवादी हुुनुभयो ।

निर्मल लामा र सुकन्या

निर्मल लामाको सुकन्यासँग विवाह गर्ने कुरा झण्डै ०१६, ०१७ सालतिर टुङ्गिएको हो । तर विवाह ०२६, २७ तिर मात्र भयो । पारिजातले नै सुकन्यालाई ‘म तेरो निम्ति लोग्ने  खोजिदिन्छु’ भनेर निर्मल लामा खोज्दिनुभएको हो । ०१३, ०१४ सालतिर जब उहाँ काठमाडौँ आउनुभयो त्यो समयमा निर्मल लामा चल्ता पुर्जा नेता हुनुहुन्थ्यो । त्यतिखेरका ठूला ठूला आन्दोलनहरुको नेतृत्व गर्ने उहाँ नै हुनुहुन्थ्यो । पारिजात पहिलेबाटै व्यक्ति पूजक ‘हिरो वरसिपर’ हुनुहुन्थ्यो । तलाई सुहाउने नेता यस्तो खालको हो भनेर पारिजातले सुकन्यालाई भन्नुहुन्थ्यो । बीचमा निर्मल लामा जेल पर्नुभयो । त्यसपछि अलिकति विवाह गर्न ढिलो भएको हो ।

दुर्बल पक्ष

बानीका रूपमा भन्दा उहाँले धेरै चुरोट खानु हुन्थ्यो लामो समय । मन पराएपछि बढी नै मन पराउने । नपराएपछि मन पराउँदै नपराउने । उदाहरणका लागि उहाँका केही किताबहरुको भाषा सम्पादन मैले गरेको थिएँ तर उहाँलाई जब मप्रति शङ्का भयो, उहाँले मलाई कुनै पनि किताब देखाउँदै देखाउनु भएन । यति हदसम्म उहाँका जिद्दीपन थिए ।


उहाँले बीचमा मोहनविक्रमलाई ठूलो हिरो बनाउनुभयो । मोहनविक्रमको अलिकति कमजोरी देख्नुभयो । त्यसपछाडि निर्मल लामा हिरो हुनुभयो । निर्मल लामाको पनि नजिक भएपछि कतिपय कमजोरीहरू थाहा भयो । त्यसपछि आन्दोलन पनि ठीक छैन कि भन्ने विचलन उहाँमा पैदा भयो कि भन्ने लाग्छ  ।  जित्न सक्नुपथ्र्यो तर सक्नुभएन । उहाँको व्यक्तित्वलाई नै खाने गरेर कमजोरीको कुरो गर्नु अब औचित्य हुन्छ जस्तो मलाई लाग्दैन ।


त्यसैले हार्नै नमान्ने हुनाले सुकन्याले उहाँलाई अपराजित भन्नुहुन्छ । साहित्यमा उहाँ सैद्धान्तिक रूपले अर्काे दिशातिर ढल्केपछि त्यो अनुुकूल आफूलाई परिमार्जन गर्नुपर्ने ठाउँमा पछि अलिअलि फर्किन खोजेको देखिन्छ । उदाहरणका लागि, उहाँले एक पटक शिरिषको फूल च्यातिदिए हुन्छ भन्नुभयो । पछि शिरिषको फूलको पुनर्मूल्याङ्कन हुनुपर्छ भन्न थाल्नुभयो । त्यसलाई मैले कमाउ पुत्रप्रतिको मोह भनेको छु । कमाउ पुत्र भनेको पाठ्यपुस्तकमा उपन्यास राखेपछि कमाउने किताब मोह हो ।

तर उहाँ संवेदनशील मान्छे हुनुहुन्थ्यो । नेपाली साहित्यमा महिलाको त्यो जतिको स्थान कसैको छैन । महिलाको दृष्टिकोणबाट मात्र नहेर्दा पनि उहाँ राम्रो साहित्यकार हो । उहाँ पारिजात बन्नलाई आफ्नै सङ्घर्षले ठूलो भूमिका खेल्यो भन्ने लाग्छ । उहाँ धेरै सम्पन्न परिवारको मान्छे तर कालक्रममा खान नपुग्ने अवस्थामा पुग्नुभयो । त्यो अवस्थासँग र आफ््नै चिन्तनविरुद्ध पनि सङ्घर्ष गर्दै अगाडि आउनुभएको हो । 

मदन पुरस्कार पाएको मानिस त्यही ढर्रामा अगाडि गएको भए पञ्चायत कालमा प्रशस्त फाइदा लिन सक्नुहुन्थ्यो । तर उहाँ त्यो प्रवृत्तिबाट माक्र्सवादतिर हाम फालेको मानिस हो । यस्ता मनिस ज्यादै कम देख्छु । एकजना युद्धप्रसाद मिश्र देख्छु । अर्काे पारिजात देख्छु । त्यो बेलाका कम्युनिस्ट भनौदाहरु सबै पञ्चायतमा गएका छन् । भूपि शेरचनदेखि लिएर कमल राज रेग्मीसम्म पनि । उहाँ त्यो प्रवाहको ठ्याक्कै विपरीत जानुभयो तर उहाँ व्यक्तिपुजक हुनुहुन्थ्यो ।

उहाँले बीचमा मोहनविक्रमलाई ठूलो हिरो बनाउनुभयो । मोहनविक्रमको अलिकति कमजोरी देख्नुभयो । त्यसपछाडि निर्मल लामा हिरो हुनुभयो । निर्मल लामाको पनि नजिक भएपछि कतिपय कमजोरीहरू थाहा भयो । त्यसपछि आन्दोलन पनि ठीक छैन कि भन्ने विचलन उहाँमा पैदा भयो कि भन्ने लाग्छ  ।  जित्न सक्नुपथ्र्यो तर सक्नुभएन । उहाँको व्यक्तित्वलाई नै खाने गरेर कमजोरीको कुरो गर्नु अब औचित्य हुन्छ जस्तो मलाई लाग्दैन ।

प्रस्तुति : सुनिता न्यौपाने

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...