७२ वर्षमा पहिलो पटक विश्वको चर्चित ‘फिल्म फेस्टिबल’मा नेपालको सहभागिता, प्रियंका कार्कीले प्रतिनिधित्व गर्ने
हरेक वर्ष फ्रान्सको पेरिसमा कान्स फिल्म फेस्टिबलको आयोजना हुने गर्छ । यस वर्ष फिल्म फेस्टिबलको ७२ औं संस्करण फ्रान्समा सुरु भइसकेको छ । अन्तरराष्ट्रिय रुपमा सेलिब्रिटीका लागि सर्वाधिक सफल र चासोको रुपमा हेरिने यो फेस्टिबलमा संसारभरीका सेलिब्रिटीको उपस्थिती रहने गर्छ । यसलाई संसारभरीका सेलिब्रिटीको मेला नै भन्दा फरक नलाग्ला । छिमेकी देश भारतबाट पनि केही अभिनेत्री रेडकार्पेटमा पुगेकै हुन्छन् ।
यसवर्षको कान्स नेपालका लागि पनि विशेष छ किनभने यसपटक नेपाली अभिनेत्री पनि कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा आफ्नो जलवा बिछ्याउनेछिन् ।
र ती अभिनेत्री हुन् प्रियंका कार्की । कार्की कान्सका लागि नेपाल ब्रान्ड एम्बेसेडरको रुपमा सेलेक्ट भएकी छिन् ।
यसबारे नायिकाले आफ्नो फेसबुक अकाउन्टमा जानकारी दिएकी छिन् । कान्स फिल्म फेस्टिबल २०१९ मा उनी नेपालको प्रतिनिधित्व गर्दै रेड कार्पेटमा हिँड्ने भएकी छिन् । प्रत्येक वर्ष चर्चित सेलिब्रिटी कार्पेटमा हिँड्दा एकदिन म पनि त्यहाँ हुनेछु भन्दै संकल्न गर्ने गरेको उनले बताइन् । त्यो एक दिन अन्ततः आइपुगेको उनले बताएकी छिन् ।
कान्स फिल्म फेस्टिबलमा उनको चार कार्यक्रममा सहभागिता हुनेछ । मे २० (जेठ ६) देखि मे २४ (जेठ १०) सम्म कार्यक्रममा सरिक हुने उनले बताएकी छिन् ।
कान्समा सहभागी हुन आयोजकबाट निम्तो आउनुपर्ने नियम छ । कान्समा सहभागिताका लागि निकै लामो प्रोसेस झेलेकी उनले यो यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलपत्र आयोजनाको विवरण पठाउन सबै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?
-
बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने