शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुद्ध, तिमी एकपटक फेरि आऊ !

आइतबार, ०५ जेठ २०७६, ११ : ०४
आइतबार, ०५ जेठ २०७६

बुद्ध,
तिमीले जुन दिन ‘महापरिनिर्वाण’ लियौ
तिमीले जुन दिन ‘परमार्थ पारमिता’ पार ग¥यौ
हामीले नाम जपिरह्यौं तिम्रो
हामीले काम जपिरह्यौं तिम्रो
संसार उही हो
धर्ती उही हो
आकाश उही हो
मात्र फेरिएका छन् मान्छेहरू
मात्र पथभ्रष्ट भएका छन् मान्छेहरू
आऊ उपचार गर्न फेरि मानवताको
आऊ दुहाइ दिन फेरि दानवताको १

बुद्ध,
मान्छेहरू अझै पनि ‘जात’का कुरा गरिरहेछन्
मान्छेहरू अझै पनि ‘भात’का कुरा गरिरहेछन्
जात, भात र ‘मात’मा मस्त छन् मान्छेहरू
अनाचार, दुराचार र भ्रष्टाचारमा लिप्त छन् मान्छेहरू
तिमीले दिएका दर्शनहरू
तिमीले देखाएका मार्गहरू
तिमीले भनेका ‘आर्यसत्य’हरू
यतिबेला मानव मथिङ्गलबाट टाढा भागेका छन्
भौतिकता र भोगवादमा मस्तराम बनेका छन्
त्यसैले,
बुद्ध,
तिमी फेरि एकपटक आऊ यो भूमिमा
तिमी महाबुद्ध बनेर आऊ यो मानवबस्तीमा
जहाँ यतिबेला–
तिम्रै ‘प्रव्रज्या’ खोजिरहेछन्
तिम्रै ‘अर्हत्’ चाहिरहेछन्
– सुनित च्यामेहरू अझै पनि ‘दलित’ छन्
– नेत्रबहादुरहरू अझै पनि उपचारहीन छन्
– दुःखीरामहरू अझै पनि गरिबीको चपेटामा छन्
– शान्तिमायाहरू छिनछिनमा बलात्कृत् छन् १
आऊ बुद्ध,
फेरि एकपटक यो बस्तीमा आऊ
कल्याणकारी अस्त्रको प्रहारबाट
यिनलाई अर्हत् गर
यिनलाई प्रव्रजित गर
यिनका आँगनीमा अलिकति ‘तत्वमीमांसा’ छर
यिनका फाँटमा अलिकति ‘ज्ञानमीमांसा’ छर
यिनका आँतमा अलिकति ‘आचारमीमांसा’ भर
बुद्ध,
सच्चा मानवताको बीउ
फेरि छर्नुपर्ने भएको छ
कलियुगको यो दोस्रो प्रहरमा
फेरि तिमी आउनुपर्ने भएको छ
किनकि,
‘अंगुलीमाल’हरू यहाँ जागेकै छन्, उठेकै छन्
‘अम्बपाली’हरू समाज दूषित पार्नमै तल्लीन छन्
‘कुण्डलकेशी’हरू हिंसा र हत्यामै रमेका छन्
यहाँ ‘चार आर्यसत्य’ सेलाएका छन् यतिबेला
यहाँ ‘अष्टाङ्गिक–मार्ग’ अरट्ठिएका छन् यतिबेला
‘सङ्घम् शरणम्’ नारा घोक्नेहरूको
–व्यवहार फरक भएको छ यतिबेला
‘बुद्धम् शरणम्’ फलाक्नेहरूको
–आचार अमिलिएको छ यतिबेला
‘धम्मम् शरणम्’को बर्को ओड्नेहरूको
–मतिभ्रम भएको छ यतिबेला !

त्यसैले बुद्ध,
फेरि एकपटक तिमी महाबुद्ध बनेर आऊ
पथभ्रष्ट यो समयलाई नौलो पाठ दिएर जाऊ
फेरि तिमी हाम्रो ‘आवुसो’ ९साथी० बनेर आऊ
सत्मार्गमा पाइला राख्ने उपमा सिकाएर जाऊ ११

२०७६ जेठ ४ गते शनिवार ८
(२५६३औं बुद्धजयन्ती सन्दर्भमा रचित)
‘चेतनालय’, विद्यापति मार्ग, नयाँबानेश्वर, शङ्खमूल, काठमाडौं-३१

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चेतनाथ कणेल ‘हरित’
चेतनाथ कणेल ‘हरित’
लेखकबाट थप