शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चुनाव प्रचारको अचम्मको तरिका, पोर्न वेबसाइटदेखि डेटिङ एप टिन्डरसम्म नेताले मागे भोट

आइतबार, ०५ जेठ २०७६, १० : ५८
आइतबार, ०५ जेठ २०७६

चुनाव प्रचारका लागि र्‍याली र भाषणभन्दा पनि अहिले डिजिटल प्लेटफर्मको प्रयोग गरिँदै छ । मानिसमाझ आफ्नो कुरा पुर्‍याउनका लागि राजनेता अब पोर्न वेबसाइट र डेटिङ एप टिन्डरको प्रयोग गरिरहेका छन् । पछिल्ला केही वर्षमा चुनाव प्रचार गर्नका लागि अचम्मको तरिका अपनाइरहेका छन् ।

प्रचारको प्रश्नमा दिइएको जवाफ पनि अचम्मको

१. जोकिम ओल्सेः पोर्न साइटमा भोटको अपिल

डेनमार्कमा आम निर्वाचन जून ५ मा छ । यहाँका पूर्व एथलिट एवं उम्मेद्वार जोकिम ओल्सेले भोट अपिल गर्नका लागि पोर्न वेबसाइटमा विज्ञापन दिएका छन् । यो विज्ञापन देखिएपछि मानिसहरुले उनको फेसबुक पेजमा कमेन्ट गरेर असन्तुष्टि व्यक्त गरेका छन् ।

स्पष्टिकरणः मामला जब चर्कियो तब जोकिमले विज्ञापन दिएको कुरा स्विकारे । उनले यो विषयमा ठट्टा गर्दै लेखे, ‘आशा थियो कि यसले मानिसहरुलाई हँसाउनेछ ।’

२. एलेक्जेन्डर फ्रेयरः विवादित शब्द लेखेर डेटिङ एप टिन्डरमा मागे भोट

सन् २०१६ मा जर्मनीको बर्लिनमा भएको चुनावमा एलेक्जेन्डर फ्रेयरले टिन्डरमा चुनावी अभियान चलाए । एलेक्जेन्डरले प्रोफाइलमा आफ्नो फोटो नराखिकनै एउटा सन्देश लेखे । यसको अर्थ थियो बर्लिनमा समलिङ्गी बस्छन् । यसमा उनले भनेका थिए, ‘जहाँ मानिसहरु बस्छन् त्यहाँ बस्नु राम्रो छ ।’

स्पष्टिकरणः मामला चर्चामा आएपछि एलेक्जेन्डरले भने, ‘म मानिसहरुसँग फ्लर्ट गरिरहेको थिएँ । म राजनीति र नीजि जीवनलाई अलग राख्न चाहन्छु ।’

३. लेवी टिलम्यानः पार्टीमा टिकटका लागि आफैंलाई छर्किए पेपर स्प्रे

गत वर्ष कोलोराडोमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार लेवी टिलम्यानले आँखामा पेपर स्पे हालेर सबैलाई चकित बनाएका थिए । लेवी आफ्नै पार्टीका उम्मेद्वार जेसन क्रोका विरुद्ध थिए । लेवी जुन सिटबाट चुनाव लड्न चाहन्थे त्यतिबेला रिपब्लिकन पार्टीका नेता माइकल कफम्यान थिए । पार्टीबाट टिकट पाउनका लागि उनले यस्तो गरे । यसलाई मानिसहरुले पब्लिसिटी स्टन्ट बताएका थिए ।

स्पष्टिकरणः उनले भने, ‘पेपर स्प्रेको प्रयोग आफ्नो रक्षाका लागि गर्न सकिन्छ । उनका अनुसार यदि कक्षाकोठामा शिक्षकले कुन गलत व्यवहार गर्छन् भने यसको प्रयोग गर्न सकिन्छ ।’

४. डेनी फोरः समुन्द्रमा १२४ मिटर मुनि गएर दिए भाषण

अफ्रिकाको ११९ आइल्याण्ड भएको देश सेशेल्सका राष्ट्रपति डेनी फोरले जनतासामू आफ्नो कुरा पुर्याउनेका लागि अचम्मको तरिका अपनाए । डेनीले समुद्रमा १२४ मिटल तल गएर प्रत्यक्ष भाषण दिए । उनले आफ्नो भाषणमा भने, ‘समुद्रमा नै हाम्रो ग्रहको मुटु धड्किन्छ ।’ डेनीले मानिसहरुलाई जलवायु परिवर्तनको सामाधान खोज्ने एकजुट हुन अपिलसमेत गरे ।

स्पष्टिकरणः भाषणपछि मिडियासँगको कुराकानीमा उनले भने, ‘समुद्रको गहिराइबाट मानिसहरुसम्म आफ्नो कुरा पुर्याउनु कति राम्रो कुरा हो, यसमा विविधता छ ।’

५. माइकल डुकाकिसः अमेरिकी सेनाको ट्यांकीमा चढेर मागे भोट

सन् १९८८ मा राष्ट्रपति चुनावमा अभियानको क्रममा माइकल डुकाकिस मिशिगन फ्याक्ट्री पुगे र ट्यांकीमा बसेर चुनाव प्रचार गरे । देश र मानिसहरुलाई सुरक्षा दिने उम्मेद्वारकमो रुपमा सन्देश दिने कोसिस गरे । यद्यपी, यसको आलोचना भयो । यसको फाइदा विपक्षी उम्मेद्वार जर्ज बुश सिनियरले उठाए । जर्जले यो भिडियोको प्रयोग आफ्नो चुनावी अभियानमा गरे ।

स्पष्टिकरणः यो मामलामा माइकलले आफ्नो कुरा राख्दै भने, ‘यस्तो गर्नु निकै ठूलो गल्ती भयो । मैले सुरुवातमा नै गल्ती गरेँ र यो ठूलो भूल थियो जसले चुनावी परिणामलाई प्रभावित गर्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप