बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लाका कलाकार सागर नेपाली काँग्रेस प्रवेश

आइतबार, ०५ जेठ २०७६, ०९ : ४३
आइतबार, ०५ जेठ २०७६

काठमाडौं– गायक सागर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । 

जुम्लाका स्थायी बासिन्दा उनलाई काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत पार्टी प्रवेश गराएका हुन् । 

माया गरौंला, हाम्रो घरको भाले, म जलेको खरानी, तालाचाबी, धोखेबाजबाट धोका पाको छु लगायतका गीतका गायक उनी कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने गायक मध्येका एक लोकप्रिय मानिन्छन् । 

पार्टी प्रवेशपछि नेपालीले आफ्नो पेसाको साथसाथमा लोकतन्त्रलाई बलियो बनाउन काँग्रेस प्रवेश गरेको बताए । 

काँग्रेस नेता पौडेलले लोकतान्त्रिक अभियानलाई मजबुत बनाउन साथ दिन नेपाली जस्ता   साधक र श्रष्ठाहरुको भूमिका महत्वपूर्ण हुने बताए । 

उनलाई पार्टी प्रवेश गराउन काँग्रेसका नेता दान बहादुर बुढा, धन बहादुर बुढा लगायतका नेताको समन्वय रहेको नेविसंघका नेता सुशील भट्टले जानकारी दिए । । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप