शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पीएसजीको जीतमा एमबाप्पेको दुई गोल

आइतबार, ०५ जेठ २०७६, ०८ : ४१
आइतबार, ०५ जेठ २०७६

एजेन्सी । स्टार स्ट्राइकर केलियन एमबाप्पेले दुई गोल गरेपछि फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डिजोनलाई ४–० गोलले हरायो ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा प्रतिबन्ध पछि मैदान फर्किएका एमबाप्पले सानदार प्रदर्शन गरेका थिए ।

रेलिगेसनमा रहेको डिजोनलाई हराउन अन्य गोल एन्जल डि मारिया र इडिन्सन काभानीले गरे ।

फ्रेन्च कपको उपाधि भिडन्तको खेलमा रातो कार्ड खाएका एमबाप्पेलाई दुई खेलको प्रतिबन्ध लागेको थियो । पीएसजीले तेस्रो मिनेटमै डि मारियाको गोलमा अग्रता लिएको थियो । काभानीले चौथो मिनेटमै दोस्रो गोल गरे ।

त्यसपछि एमबाप्पेले ३६औं र ५६औं मिनेटमा दुई गोल थपेका थिए ।

यसअघिनै लिग च्याम्पियन बनिसकेको पीएसजीले ३७ खेलबाट ९१ अंक बनाएको छ ।

डिजोन ३१ अंक सहित रेलिगेसनमा छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप