अपडेटः काठमाडौँ आउँदै गरेको बस त्रिशुलीमा खस्दा चारको मृत्यु
आइतबार, ०५ जेठ २०७६, ०७ : ५६
काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खस्दा चारजनाको घटनास्थलमा नै मृत्यु भएको छ । आइतबार बिहान ना ४ प ४६८७ नम्बरको बस गजुरी गाउँपालिका–६ बन्छेटारमा सडकबाट करिब ५० मिटर तल नदीमा खसेको हो ।
ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख इन्सपेक्टर नवराज ढुंगेलका घटनास्थलमा उद्दार कार्य जारी रहेको छ । प्रहरीका अनुसार घाइतेको संख्या यकिन भइसकेको छैन । विस्तृत विवरण आउँन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी
-
कविता सुनाएर फिल्म प्रचार गर्दै ‘मनसरा’
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी