बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विकासले सार्थकता पाउँछ : मन्त्री विष्ट

शनिबार, ०४ जेठ २०७६, २० : ४६
शनिबार, ०४ जेठ २०७६

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मानिसको मनोविज्ञानसँग जोडेर गरेको विकासले सार्थकता पाउने बताएका छन् । 

प्रधानमन्त्री रोजगार कार्यत्रमअन्तर्गत प्रदेशस्तरीय अन्तर्क्रिया गोष्ठी तथा समझदारी पक्रमा हस्तारक्षर कार्यत्रमको आज यहाँ उद्घाटन गर्दै मन्त्री विष्टले नेपाल अहिले पनि विकासको प्रारम्भिक अवस्थामा नै रहेको बताए । 

उनले सिँचाइ, विद्युत् र सडकको विकास गरेर प्रशस्त रोजगारी सिर्जना गर्नुपर्छ भने । संविधानबाट प्रदत्त अधिकारलाई कार्यान्वयन गर्न प्रधानमन्क्री रोजगार कार्यत्रम आएको भन्दै मन्त्री विष्टले संविधानले मानिसको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई सुरक्षित गरेको बताए । 

प्रदेश नं १ का सामाजिक विकासमन्क्री जीवन घिमिरेले स्थानीय तहमा सरकारले तोकेका रोजगार संयोजकले चाहिने जनशत्तिको प्रक्षेपण पनि हुने तथा यसबाट माग र पूर्तिमा सन्तुलन कायम गर्न मद्दत पुग्ने विचार व्यक्त गरे ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव महेशप्रसाद दाहालले  कार्यक्रमबाट सरकारले बेरोजगारलाई १०० दिन रोजगार दिने र यसका लागि बेरोजगारको प्रमाणपत्र देखाउनुपर्ने भन्दै रोजगार दिन नसक्ने अवस्थामा उनीहरुलाई वर्षमा ५० दिनको निर्वाह भत्ता दिने सरकारको योजना रहेको जानकारी दिए । 

मन्त्रालयका सहसचिव सुमन घिमिरेले कार्यत्रमले बेरोजगारलाई रोजगारी सुनिश्चित हुने र यसका लागि स्थानीय तहका पदाधिकारीले नतिजामुखी काम गर्नुपर्ने कुरामा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप