शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

व्यापारी श्रीभगवान अपहरणको नाटक गरी लुुकेको खुलासा

शनिबार, ०४ जेठ २०७६, १९ : २८
शनिबार, ०४ जेठ २०७६

-संजय मिश्रा

रौतहटस्थित अपहरण गरी बेपत्ता पारिएको भनिएको एकजना व्यापारी आफैँ भागेर अपहरणको नाटक गरेको खुलेको छ ।

जिल्लाको कटहरिया नगरपालिका–५ बजारस्थित आईएमई व्यवसाय गर्दै आएका व्यापारी श्रीभगवान साह तेली आफैँ भागेर अपहरणको नाटक गरेको रहस्य खुुलेको हो ।

गत वैशाख १७ गतेदेखि अपहरणको नाटक गरी सम्पर्कबिहिन भएका व्यापारी साह हिजोमात्र परिवारको सम्पर्कमा आएका हुन् ।

शुुक्रवार व्यापारी साहका बुुबा जियालाल साह तेलीले गरुडास्थित प्रहरीलाई खबर गरी घटनाको यथार्थ विवरण जानकारी गराएका थिए ।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक अनमोल खड्का र घटनाको छानबिनका लागि काठमाडौँबाट आएका सीआईबीका डिएसपी अर्जुुन केसीले व्यापारी साहका बुबा जियालाल साह र श्रीमती रिता देवीलाई सोधबुुझ गरेका थिए ।

सो क्रममा जियालाल साहले अपहरणमा परेका भनिएका श्रीभगवान साहले आर्थिक लेनदेनका कारण आफू घरबाट भागेको र हाल भारतको राजधानी दिल्लीतिर सुुरक्षित रहेको मोबाइल फोनबाट जानकारी गराएको बताएका थिए ।

रिता देवीले भारतीय नम्बरबाट ३ पटक श्रीमानले फोन गरेर आफ्नो अवस्थाबारे चिन्ता नलिन भन्दै उनी अपहरणमा नभई स्वेच्छाले दिल्ली गएको प्रहरी समक्ष बयान दिएकी छन् ।

घटनाको अनुुसन्धान अधिकृत इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक अनमोल खड्काले व्यापारी श्री भगवान साहको अपहरण नभई आफैँ सम्पर्कविहिन भएर अपहरणको नाटक गरेको पुुष्टि भएको बताए ।

घटनाको सुुरुदेखि नै अनुुसन्धानको क्रममा कुनै कोणबाट अपहरण नदेखिने घटना अन्तमा श्रीभगवानका बुबा र श्रीमतीले स्वीकारेपछि खुल्न आएका प्रहरी निरिक्षक खड्काले बताए ।

गत वैशाख १७ गते गरुडास्थित एकजना व्यापारी भोजिन्द्र साहको घरमा बक्र्यौता रकम २१ लाख लिन जाँदा उनकै घरबाट अपहरणमा परेको दावी गर्दै भोजिन्द्र र उनका छोरा रामकुमार चौधरीविरुद्ध जियालाल साहले प्रहरीमा जाहेरी दर्ता गराएका थिए ।

आक्रोशित स्थानीय व्यापारीहरुले श्रीभगवान साहको अपहरणको आशंका व्यक्त गर्दै प्रहरी प्रशासनमाथि दवाव दिन गौर चन्द्रपुर सडकखण्ड अन्तरगत झाँझपुलमा एकघण्टा चक्काजाम गर्नुुका साथै सिडिओ किरण कुमार थापालाई ३ बुँदे ज्ञापनपत्र समेत बुुझाएका थिए ।

वैशाख १८ गते गरुडाका व्यवसायी भोजिन्द्र साहको घरबाट श्रीभगवानको लु४१प ५७४९ नम्बरको ग्ल्यामर मोटरसाइकल, चावी, मोबाइल, ४ वटा सिमकार्ड, नागरिकता, प्रमाणपत्र, पैसा ट्रान्सफर गर्ने सेन्चुरीको बिएलवी मेसिन, चेकबुकलगायतका केही कागजात प्रहरीले बरामद गरेको थियो ।

गरुडाका व्यापारी भोजिन्द्र साहले उक्त सामानहरु श्रीभगवान साहले आफैँले राखेर गएको प्रहरी समक्ष बताउँदै आएका थिए ।

अर्कोतर्फ अपहरणको नाटक गरेका व्यापारी श्रीभगवानको बुबा जियालाल साह, स्थानीय व्यापारी तथा राजनीतिक दबाब थेग्न नसकी प्रहरीले गरुडाका व्यापारी भोजिन्द्रका छोरा रामकुमार चौधरीलाई गत वैशाख २० गते प्रहरीले नियन्त्रणमा लिएर सोधबुुझ सुुरु गरेको थियो । 

चौधरी हालसम्म इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा छन् । 

घटनाको तत्काल यथार्थ पत्ता लगाउन काठमाडौँबाट डीएसपी अर्जुुन केसीको कमाण्डमा सीआईबीको चारजनाको टोली गरुडा आएको थियो ।

सीआईबी टोलीले हालसम्म घटनाबारे ४० जना बढीलाई सोधबुझ गरिसकेको छ । 

कुनै पनि व्यक्तिको अपहरण गर्न अपराधिक गिरोहका शक्ति अथवा अपहरण बापत ठुूलो धनराशी फिरौती लिने अपहरणकारी गिरोहको सक्रियता हुनुपर्छ ।

तर व्यापारी श्रीभगवान साहको सन्दर्भमा त्यस्तो कुनै संकेत हालसम्म देखा पर्न नसक्नुु अथवा फिरौतीको माग कतैबाट नहुनुले पनि अपहरण नैे हो भन्ने अवस्था नरहेको प्रहरीले बताउँदै आएको थियो ।

व्यापारी श्रीभगवान सम्पर्कविहिन हुनुुमा अपहरण नभई अन्य कुनै कारण हुनुुपर्ने प्रहरीले अडान राख्दै आएको थियो । तर उनका परिवारजनले अपहरणनै हो र प्रहरीले ढिलासुस्ती गरेर राम्रो अनुुसन्धान नगरेको आरोप लगाउँदै आएका थिए ।
 
स्रोतका अनुुसार व्यापारी श्रीभगवान आईएमईका साथै विभिन्न कारोवार गरेर ठूलो रकमको कारोवार गर्दै आएको र रकमकै चलखेलको कारण अपहरणको नाटक गरेर फरार भएका हुुन् । 

अपहरणको नाटकले राज्यका जनशक्तीले मात्रै दुुःख पाएनन् एकजना व्यापारीका छोरा रामकुमार चौधरी पछ्छिलो दुुईसाता देखि प्रहरीको हिरासतमा रहन बाध्य भएका छन् ।

पटक–पटक घर परिवारको फोन सम्पर्कमा आइरहेका व्यापारी श्रीभगवान साह हालसम्म प्रहरी समक्ष पुुगेका छैनन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप