केन्द्रीय संस्करण

सिके राउतको पार्टीले घेर्यो मुख्यमन्त्री कार्यालय, के थियो कारण ?

person explore access_timeजेठ ४, २०७६ chat_bubble_outline1

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय घेराउ गरेको छ । प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गरी प्रदेश सरकारले ल्याएको प्रदेश सञ्चार विधेयकको विरोध गर्दै जनमत पार्टीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय घेराउ गरेको हो । 

शनिबार जनकपुर उद्योग वाणिज्य संघबाट नारा जुलससहित निस्केको जनमत पार्टीको ¥याली मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको मुलद्वार अगाडी पुगेर सञ्चार विधेयक र प्रदेश सरकारको विरोधमा नाराबाजी गरेको थियो ।

प्रदेश सरकारले आफुले गर्ने भ्रष्टाचार लुकाउन सञ्चारकर्मीहरुमाथि नै अंकुश लगाउनका लागि १ करोड रुपैयाँसम्म जरिवाना हुनेगरी विधेयक ल्याएको जनमत पार्टीका संयोजक डा. सिके राउतले बताए ।

अध्यक्ष राउतले अहिलेका स्थानीय तहका जनप्रतिनिधिहरु छोटे राजा बनेको आरोप लगाए । बुद्ध जयन्तीको अवसर पारेर आयोजित राजनैतिक तथा सामाजिक परिवर्तनमा युवा एवं विद्यार्थी नेतृत्वको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक राउतले जनप्रतिनिधिहरु शासकको दम्भमा अराजक रुपमा भ्रष्टमा लिप्त हुँदै गएको बताए । 

राउतले जनप्रतिनिधिहरु शोषण, दमन र भ्रष्टाचारमा लिप्त भएर छोटे राजा बनिरहेको बताए । जनप्रतिनिधिहरुले नै भ्रष्टाचार गर्न कर्मचारीहरुमाथि दबाब दिने गरेको राउतको दाबी छ । 

मासु बाँडेर चुनाव जितेकाहरु अहिले पैसा छाप्न व्यस्त रहेको भन्दै राजनीतिमा योग्य व्यक्ति आउन नसक्दा भ्रष्टाचार हावी भएको उनले बताए । तर नेतामात्रै दोषी नभएर जनतासमेत दोषी रहेको राउतले बताए ।

प्रदेश सरकारप्रति आक्रामक हुँदै संयोजक राउत ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान देखवाटी मात्र रहेको बताए । ‘प्रदेश सरकारको यो अभियान देखबा मात्र हो,’ राउतले भने, ‘वास्तवमै सरकारले यस्तो अभियान चलाएको हो भने प्रदेश नम्बर २ का १ लाख ९० हजार बालबालिका किन विद्यालय पुग्न सकेको छैन् ।’ 

कमेन्ट

  1. May 18, 2019, 6:33 p.m. Ghanshyamgiri432@gmail.com
    Good
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...