बुद्ध जयन्तीकै दिन हजारौं पशुपक्षीको बली, तस्बिरमा हेर्नुहोस्
सिरहा–आज वैशाखी पूर्णिमा अर्थात् अहिंसाका प्रतिक भगवानको बुद्ध जन्म जयन्ती । भगवान बुद्धको सम्झानामा आजका दिन धेरै नेपालीमा वली चढाउन नहुने मान्यता छ ।
तर, आजैको दिन सिरहाको लहानस्थित राजदेवी पञ्चावती मन्दिरमा हजारौं पशुपक्षीको बली चढाइने गरिएको छ ।
राजदेवी मातालाई भाकल गरे मनोकांक्षा पुरा हुने जनविश्वासका कारण यहाँ प्रत्यक वर्ष आजकै दिन हजारौंको संख्यामा पशुपक्षी बली दिने गरिएको हो । सन्तान प्राप्ति हुने, विभिन्न रोग निको हुने जनविश्वासका कारण बली चढाउन राजदेवी मन्दिर आउनेको घुँइचो नै लाग्ने गरेको छ ।
आजकै दिन बली किन प्रदान गरिन्छ ? करिब १२५ वर्ष अघिको कुरा हो । मन्दिर रहेको ठाउँमा जंगल र चरण क्षेत्र थियो । यहाँ स्थानीयबासी गाई चराउन जान्थे । चराउन लग्ने गाइहरु हराउन थाले । पछि गाउँका मानिसहरु त्रसित भए । धामीको रुपमा रहेका स्वर्गीय दिलाराम भट्टले त्यस ठाउँमा गई तन्त्र साधना गरेपछि राति सपनामा देवीले दर्शन दिई पूर्णिमा अर्थात् बुद्ध जयन्तीको दिन बली चढाए समस्या टर्ने बताएका थिए ।
स्थानीयले देवीले सपनामा भनेअनुसार आजको दिन बली चढाउन थाले । समस्या टर्यो । त्यस पछि यसको महिमाको प्रचार प्रसार सँगै यहाँ वर्षेनी आजकै दिन ठूलो संख्यामा भक्तजन भेला हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ