शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘मिसेस नेपाल ग्रान्ड’ सुरु

शनिबार, ०४ जेठ २०७६, ११ : ४४
शनिबार, ०४ जेठ २०७६

काठमाडौं – विवाह पछि महिलाहरु घर तथा कार्यालयको काम काजमा सिमित हुनुपर्ने अबस्था छ । तर यो अबस्थाबाट माथि उठाएर सेविब्रेटी समेत बनाउन यल मिडियाले गतवर्षबाट मिसेस नेपाल ग्रान्ड आयोजना गर्दै आएको छ । यसरी विवाहित महिलाहरुको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुति र विभिन्न अबसरका लागि ‘मिसेस नेपाल ग्रान्ड–२०१९, सिजन–२’ आयोजना हुने भएको छ । 

यो प्रतियोगिताको लागि अडिसनको फारम खुला गरिएको आयोजक संस्था यल मिडियाकी अध्यक्ष रमी श्रेष्ठले जानकारी गराएकी छिन् । यो प्रतियोगिताले हरेक महिलालाई सेलिब्रेटी बनाउन सक्ने पनि श्रेष्ठले बताएकी छिन् । 

यो प्रतियोगितामा ५० वर्ष ननाघेका जुनसुकै उमेरका विवाहित महिलाले भाग लिन पाउने पनि आयोजक श्रेष्ठले जानकारी गराईन् । जेठको पहिलो साता र दोश्रो साता अडिसन लिएर प्रशिक्षण सुरु गरी असारमा भव्य समारोहबीच मिस नेपाल ग्रान्ड–२०१९ चयन गरिने भएको छ । 

अडिसनपछि चयन भएका महिलाहरुलाई व्यक्तित्व विकाश, महिला शक्तिकरण सम्बन्धि प्रशिक्षण, पब्लिक स्पिकिङ, जुम्बा, स्विमिङ, क्याटवाक, नृत्य, सेल्फ मेकअप, मिडिया म्यानेजमेन्ट, बिजनेश म्यानेजमेन्टसहित विभिन्न प्रशिक्षण दिइने भएको छ । 

‘मिसेस नेपाल ग्रान्ड–२०१९, सिजन–२’का बिजेताले नगद रुपैयाँ, तीन महिनाको ब्युटिसियन सम्बन्धि विशेष कोर्ष, फिटनेश सम्बन्धि एक महिनाको बिशेष कोर्ष सहित विभिन्न अबसर र उपहार प्राप्त गर्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप