‘काउसो’ को शीर्ष गीत ‘लागो लागो काउसो’
काठमाडौं – अर्नभ फिल्मस् प्रोडक्सन प्रा.लिको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘काउसो’को शिर्ष गीत सार्वजनिक गरिएको छ । ‘लागो लागो काउसो’ बोलको गीतमा जुना प्रसाईं र रामचन्द्र काफ्ले स्वर दिएका छन् ।
अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु पराजुलीको रोमान्स रहेको गीतमा विकाश चौधरीको संगीत, मदन घिमिरेको शब्द, बिक्रम स्वारको कोरियोग्राफी छ । मदन घिमिरेले निर्देशन गरेको फिल्म आगामी १७ गतेबाट देशभर प्रदर्शनमा आउदैछ । फिल्ममा सविन श्रेष्ठ, अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी, नविन आचार्य ,सुरेन्द्र चापागाई, सन्नी भट्टराई, सोनीका बास्तोला ,उग्रसेन ढुंगाना, अनु पराजुली लगायतको मुख्य भूमिका रहेको छ ।
अर्नभ बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मका निर्मातामा राजेन्द्र बस्नेत , सिताराम तिमल्सिना ज्याक, भगवान खत्री रहेका छन् । शंकर महर्जनको द्धन्द्ध, रामेश्वर हुमागाईको छायाँकन रहेको फिल्ममा नविन निरौलाको सम्पादन रहेको छ । फिल्मको कार्यकारी निर्माता अन्चिला केसी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान