बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्काइभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते

शुक्रबार, ०३ जेठ २०७६, १५ : १४
शुक्रबार, ०३ जेठ २०७६

बझाङ– बझाङमा जयपृथ्वी नगरपालिका–११ मा स्काभेटर दुर्घट्ना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

नगरपालिकाको चैनपुर मयाना सडक निर्माण गर्ने क्रममा मयानाको निलकट्टीमा शुक्रबार बिहान  बा. २ क ७९४० नम्बरको स्काभेटर दुर्घटना हुँदा सहचालक मष्टा गाउँपालिका ४ का सत्यराज बोहराको घटनास्थलमै मृत्यु भएको हो । 

सिन्धुली घर भएका चालक किशोर थापा घाइते भएको प्रहरी नायव निरीक्षक मिन बहादुर सिंहले बताए ।  स्काभेटर सडकभन्दा २५ मिटर तल खसेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप