दाजुको हत्या गरेको आरोपमा भाई पक्राउ
शुक्रबार, ०३ जेठ २०७६, १३ : ५८
पर्सा–आफ्नै दाजुको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । दाजु ४८ वर्षीय शेष फारुकलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा जिराभवानीपुर गाउँपालिका– १ बलुवा बस्ने ३८ वर्षीय शेख सेरामुद्धिनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले आफ्नै दाजु फारुकलाई घरायसी विवादको कारण कटुवा पेस्तोलले गोली प्रहार गरी गम्भीर घाइते बनाएका थिए । उपचारका क्रममा उनको निधन भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका फारुकको शिक्षण अस्पतालमा महाराजगञ्ज काठमाडौंतर्फ लैजाने क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।
प्रहरीले शेख सेरामुद्धिनबाट कटुवा पेस्तोल १ थान, गोली ३ राउण्ड र खोका १ थान बरामद गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट
-
पत्नीमाथि जाँच सुरु भएपछि स्पेनका प्रधानमन्त्रीले सार्वजनिक काम रोके
-
२५ औँ मनमोहन स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै
-
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराएको खुलासा
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न