केन्द्रीय संस्करण

मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट ११ नर्स पक्राउ

person explore access_timeजेठ ३, २०७६ chat_bubble_outline0

मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट आज ११ जना नर्स पक्राउ परेका छन् । वैशाख ११ गतेदेखि विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरुले आज उपचारकेन्द्रमा शान्तिपुर्ण धर्नाको तयारीमा गर्दा पक्राउ परेका हुँन् । 
 लामो समयदेखि धर्नालाई निरन्तरता दिइरहेका नर्सहरुलाई आज धर्नाबारे छलफलमा जुटिरहँदा प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका मध्ये ४ जनालाई जगाती प्रहरी वृतमा र अन्यलाई भक्तपुर प्रहरी प्रभागमा राखिएको छ । प्रत्यारोपण केन्द्रका नर्सहरुले समयमै तलब दिनुपर्ने ,ठेकदार प्रक्रिया हटाई कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अस्पतालले नै तलबको व्यवस्था गर्नुपर्ने ,सरकारी अस्पतालमा पाइने सेवा सुविधा उपलब्ध गराउनु पर्ने ,पुरानो कर्मचारीको कार्यसम्पादन मुल्यांकनका आधारमा ग्रेडिङ गरिनु पर्ने र पुराना कर्मचारीलाई स्थायी गरिनुपर्ने प्रत्यारोपण केन्द्रका नर्सले राख्दै आन्दोलन गर्दै आईरहेका थिए ।

यस्तै नर्सहरुको माग सम्बोधन गर्नुपर्ने भन्दै गएको शुक्रबार देखि सिनियर नर्स जीता बराल र अस्पतालमा कार्यरत नर्स डिकी शेर्पाले अमरण अनसन सुरु गरेका थिए ।  

अनसन सुरु गरेको आज एक साता बितिसक्दा पनि नर्सहरुको माग सम्बोधनको लागि सम्बन्धीत निकायले चासो दिएको छैन । हाल दुबै अनसनरत नर्सहरुको मुटुको चाल गढबडी, रक्तचाप कमी, श्वासप्रश्वासमा समस्या र संक्रमणको जोखिम उच्च रहेको चिकित्सकहरुले जनाएका छन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...