शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीलाई मोटरसाइकल किन्ने मन्त्रिपरिषदको निर्णय

शुक्रबार, ०३ जेठ २०७६, १२ : ०३
शुक्रबार, ०३ जेठ २०७६

श्याम रानामगर

कास्की । गण्डकी प्रदेश सरकारले प्रहरीलाई मोटरसाइकल किनिदिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीलाई मोटरसाइकल किनिदिने निर्णय गरेको हो । गण्डकी प्रदेशका प्रवक्ता रामशरण बस्नेतका अनुसार मन्त्रिपरिषद्को निर्णयले मोटरसाइकल किन्न ९२ लाख बराबरको रकम छुट्याएको छ ।

‘सरकारले अफसेट प्रेस खोल्नका लागि विनियोजन गरेकोे रकम रकमान्तर गरेर प्रहरीका लागि मोटरसाइकल किन्ने निर्णय गरेको छ,’ उनले भने, ‘सार्वजनिक खरिद ऐन अनुसार टेन्डर निकालेर मोटरसााइकल खरिद गछौँ ।’

आवश्यकताअनुसार प्रहरीलाई मोटरसाइकल उपलब्ध गराउने उनले जनाए ।

‘गाउँमा अत्यावाश्यक पर्दा हिँडेर सेवा दिनुपर्ने अवस्था छ । सकेसम्म गाडी नै दिनुपर्ने हो । तर, अहिले त्यो सम्भव छैन त्यसैले मोटरसाइकल दिन लागिएको हो,’ मन्त्री बस्नेतको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप