शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : ‘जात्रै जात्रा’ भर्सेज ‘वीर बिक्रम २’

शुक्रबार, ०३ जेठ २०७६, ११ : ४६
शुक्रबार, ०३ जेठ २०७६

काठमाडौं– पछिल्लो समय रिलिज भएका फिल्मले व्यवसाय गर्न नसकेको तितो यर्थाथ कसैसँग नलुकेको बिषय हो । तै पनि फिल्म एक अर्काेसँग जुध्न भने छाडेका छैनन् । 

यस्तैमा आज शुक्रबारबाट एकसाथ दुई फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘वीर विक्रम २’ र ‘जात्रै जात्रा २’ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएका यी दुबै फिल्म देशभरका स्टेशनबाट एकसाथ प्रदर्शनमा आएका हुन् । फिल्मका विषयवस्तु र कलाकार भने दुबैमा फरक फरक रहेका छन् । 

‘जात्रै जात्रा’
प्रदीप भट्टराईको निर्देशन रहेको फिल्म ‘जात्रै जात्रा’ सफल फिल्म ‘जात्रा’ को सिक्वेलको रुपमा निर्माण भएको हो । दयाहाङ राई, विपिन कार्की, रबिन्द्र झा, रविन्द्र सिंह बाँनिया, वर्षा राउत, राजाराम पौडेल लगायतको मुख्य भुमिका रहेको फिल्मका रविन्द्र सिंह बनियाँ कार्यकारी निर्माता हुन् ।

यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी रहेको फिल्ममा प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झा लगायतको समेत अभिनय देख्न सकिन्छ । देशभरका हलमा फिल्म ‘वीर विक्रम २’ले भन्दा जात्राले बढी शो पाएको छ । 

‘वीर विक्रम २’
मिलन चाम्सले निर्देशन गरेको ‘वीर बिक्रम २’ ‘वीर बिक्रम’को सिक्वेल नभएर सिरिज भनिएको छ । दुई साथीको बीचको मित्रतामा बनेको फिल्ममा वर्षा सिवाकोटी, नाजिर हुसेन, पल शाह, बुद्धी तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ ।

निर्देशक चाम्सले नै निर्माण गरेको फिल्ममा कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, रञ्जीत गजमेर र राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायाँकन, बनिष शाहको सम्पादन रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप