ताहिराको खुलासाः आयुष्मानले जब अनस्क्रिन चुम्बन गर्दथे तब तनाव हुन्थ्यो, सम्बन्ध तोड्न चाहन्थेँ
आयुष्मान खुराना बलिउडका चर्चित नायकमा समावेश भइसकेका छन् । आजकाल उनी विभिन्न फिल्ममा व्यस्त छन् । आयुष्मानको पारिवारिक जीवन पछिल्लो वर्ष त्यति राम्रो भएन । श्रीमती ताहिरालाई क्यान्सर भएपछि दुबैले निकै समस्या झेल्नुपर्यो । यद्यपी, यस्तो मुस्किल समयमा एक–अर्कालाई साथ दिएर क्यान्सरलाई हराए । अब आयुष्मानकी श्रीमती आयुष्मानसँग आफ्नो सम्बन्धबारे अचम्मित गरिदिने खुलासा गरेकी छिन् ।
आयुष्मान खुरानाले सन् २०१२ मा विक्की डोनर फिल्मबाट बलिउड डेब्यू गरेका थिए । यसमा आयुष्मानले यामी गौतमसँग बोल्ड सिन दिएका थिए । त्यसकारण आयुष्मान र उनकी श्रीमती ताहिराको सम्बन्धमा तित्तता छायो ।
एक अन्तरवार्ताको क्रममा ताहिराले भनिन्, ‘मलाई आयुष्मानले अनस्क्रिन चुम्बन गर्दा निकै समस्या हुन्थ्यो । म निकै भारी महसुस गर्दथेँ । जब तपाईं गर्भवती हुनुहुन्छ तब तपाईंको हर्मोनको स्तर तलमाथि भइरहन्छ । उनी युवाबीच राम्रा देखिन्छन् र स्क्रिनमा महिलासँग रोमान्स गर्छन् भन्ने लागिरहन्थ्यो । यसबाहेक उनीसँग मलाई धैर्यपूर्वक सुन्ने समय पनि थिएन र मसँग उनलाई बुझ्ने धैर्य पनि थिएन ।’
‘हामी छुट्टिइसकेका जस्तै भइसकेका थियौं । हामी एक–अर्काको नजिक थिएनौं । यद्यपी, त्यतिबेला उनले ‘मलाई नराम्रो नलाग्ला ’ भन्ने सोच्ने गर्दथे । मलाई पनि थाहा थियो कि उनले मलाई धोका दिनेछैनन् । मैले एउटा कलाकारको कला बुझ्नुपर्दथ्यो ।’
साथै उनले भनिन्, ‘जीवनमा यस्तो मोड आएको थियो कि म यो सम्बन्धलाई तोड्न चाहन्थेँ । मैले थुप्रै पटक यो सम्बन्धलाई अगाडि बढाउन नसकिने निर्णय लिइसकेकी थिएँ । मैले धेरैपटक हार मानेर हात उठाएँ तर आयुष्मानले त्यस्तो कहिले गरेनन् । उनले कहिले पनि मेरो साथ छोडेनन् । त्यसपछि हामीले क्यान्सरको लडाईं लड्यौं र दुबैले यो युद्ध जित्यौं पनि ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल
-
पार्टी एमालेलाई बुझाएर प्रचण्ड राष्ट्रपति बन्छन् : रामकुमार शर्मा, पूर्वमाओवादी नेता
-
दोस्रो सातामा ‘महाजात्रा’
-
स्वास्थ्य सेवा अन्तर्गतका ११ जना अधिृकतलाई बढुवा गर्ने सरकारको निर्णय