बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कान्छी आमासँग बुवाको विवाहको वर्षगाँठमा प्रियंकाले भनिन्, ‘यो उत्कृष्ट विवाह हो, हामी निकै खुसी छौं’

शुक्रबार, ०३ जेठ २०७६, १० : ०४
शुक्रबार, ०३ जेठ २०७६

नेपाली सिने जगतकी चर्चित एवं व्यस्त नायिका हुन् प्रियंका कार्की । सिने क्षेत्रमा निकै मेहनती नायिकाको रुपमा आफ्नो परिचय स्थापित गर्न सफल उनको फिल्म फ्लप होस् कि हिट उनको मागलाई केही फरक पार्दैन । दिनरात नभनी काममा खटिने उनको मेहनत देखेर नै फिल्मका निर्माता निर्देशकहरुले उनैलाई रोज्ने गर्छन् । यो मामलामा उनले आफूलाई भाग्यमानी पनि ठान्ने गरेको उनी बताउने गर्छिन् ।

हुन त प्रियंका फिल्ममा मात्र नभई पारिवारिक मामिलामा पनि भाग्यमानी नै छिन् । उनका दुई आमा छन् भन्ने कुरा धेरैलाई थाहा होला र नहोला पनि ।

प्रियंका आफ्नो जन्म दिने आमाका साथै कान्छी आमा अंगुर कार्कीकी पनि निकै प्रिय छिन् । यी दुईबीचको सम्बन्ध निकै सौहाद्र्धपूर्ण छ भनेर बेला बेला सामाजिक संजाल हेरेर नै पुष्टि हुन्छ । हालै मात्र उनले कान्छी आमा अंगुर (जसलाई उनले नुनु भनेर सम्बोधन गर्छिन्) को जन्मदिनमा निकै प्रेमपूर्वक शुभकामना दिएकी थिइन् ।

प्रियंका कार्कीले सौतेनी आमालाई भनिन्, ‘यो सम्बन्ध हाम्रो डिएनएमा छैन’

यतिमात्रै होइन, कान्छी आमासँग बुवाको विवाहको १० औं वर्षगाँठमा पनि उनले निकै माया र आदरले आमाबुवालाई शुभकामना दिएकी छिन् ।

बिहिबार प्रियंकाले आफ्नो फेसबुक पोष्टमा एक परिवारिक तस्बिर पोष्ट गर्दै कान्छी आमा र बुवाको विवाहलाई सबैभन्दा उत्कृष्टको संज्ञा दिँदै आफूहरु निकै खुसी भएको बताएकी छिन् ।

उनले लेखेकी छिन्, ‘धेरैजसो विवाहित जोडीले एकअर्काको शब्द सुन्ने गर्छन् तर तपाईंहरुले एकअर्काको धड्कन सुन्नुहुन्छ । धेरैजसोले बाहिरी आवरणको प्रशंसा गर्छन् तर तपाईंहरुले एक अर्काको आत्मालाई सम्मान गर्नुहुन्छ । कति एकअर्काको जीवनप्रति प्रतिबद्ध हुनुहुन्छ तर तपाईंहरु एकअर्काको सपनाप्रति प्रतिबद्ध हुनुहुन्छ । यो सबैभन्दा उत्कृष्ट विवाह हो र तपाईंहरुको यो यात्राको सहयात्री बन्न पाउँदा हामी निकै खुसी छौं । आउँदा वर्षहरुमा पनि तपाईंहरु यसरी नै हाँसिखुसी रहनुस्, यही नै हाम्रो शुभकामना ।’

प्रियंकाले इन्स्टाग्राममा सो अवसरमा आयोजना भएको भेटघाटको तस्बिर पनि पोष्ट गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप