भारत फर्किने बित्तिकै कंगना रनौतलाई प्रहरीले सोधपुछ गर्ने, लगाइयो यस्तो आरोप
शुक्रबार, ०३ जेठ २०७६, ०९ : २२
कंगना रनौत र आदित्य पंचोलीको मामला एकपटक पुनः चर्चामा छ । आदित्य पंचोलीले कंगनाका वकिल रिजवान सिद्दिकीमाथि उनलाई बलात्कारको झुटो मुद्दामा फसाउने धम्की दिएको जानकारी दिएका छन् । अब पुलिस कंगनासँग यही मामलामा चाँडै नै सोधपुछ गर्नेछन् ।
मुम्बई पुलिस कंगना स्वदेश फर्किने प्रतिक्षामा छ । भारत फर्कने बित्तिकै मुम्बई पुलिस कंगनाको बयान दर्ता गर्नेछ । स्मरण रहोस्, कंगना रनौत अहिले कान्स फिल्म फेस्टिबलमा सरिक हुनका लागि फ्रान्समा छिन् । यस्तै, पुलिस यो मामलामा अनुसन्धान गरिरहेको छ ।
आदित्य पंचोलीले सन् २०१७ मा कंगना रनौतविरुद्ध मानहानीको मुद्दा दर्ता गरेका थिए । आदित्यका अनुसार आफूले मुद्दा दर्ता गरेपछि कंगनाका वकिलले उनलाई बलात्कारको झुटो मुद्दामा फसाउने धम्की दिएका छन् । आदित्यले पुलिसलाई प्रमाणका लागि यसको भिडियो पनि दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनाभर रोटी, भात र पाउरोटी खाएन भने शरीरमा के हुन्छ ?
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
ललितपुर महानगरद्वारा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण सुरु
-
बागमतीमा वैशाख २४ गते सार्वजनिक बिदा
-
केपी ओलीले कार्यकर्तालाई भने, ‘जातका कुरा मनमा नराख्नुहोस्’
-
महोत्तरीको मटिहानीमा आगलागी, ७० घरमा क्षति