शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२५ करोड वर्ष पुरानो रुखको अवशेष भेटियो

शुक्रबार, ०३ जेठ २०७६, ०७ : १६
शुक्रबार, ०३ जेठ २०७६

काठमाडौं - भारतीय राज्य हिमाचल प्रदेशको खडापत्थर क्षेत्रमा २५ करोड वर्ष पुरानो रूखको अवशेष भेटिएको छ । अवशेष डाइनोसर युगको भएको दाबी गरिएको छ । हिमाचल राज्य संग्रहालयका क्युरेटर डा. हरि चौहानले अवशेष भेटिएको पुष्टि गरेका छन् ।

डा. चौहानका अनुसार अवशेष संरक्षण गर्ने प्रयास भइरहेको छ । अवशेष फेला परेको क्षेत्रलाई छिटै भारतीय पुरातत्व विभागको जिम्मा दिइने भएको छ । उनले करिब एक सातामा विभागको टोलीले त्यहाँ आइपुग्ने जानकारी दिए । उनका अनुसार अवशेषका आधारमा रुख विशाल र डाइनोसर युगको हुनुपर्छ । रुखको अवशेष १२ फिट लामो र  ८ फिट चौडा छ । यो समाचार अन्नपूर्णमा प्रकाशित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप