बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषधसहित जापानी नागरिक पक्राउ

बिहीबार, ०२ जेठ २०७६, २३ : ०७
बिहीबार, ०२ जेठ २०७६

काठमाडौं-नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषधसहित आज एक जापानी नागरिकलाई पक्राउ गरेको छ ।  नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट हङकङ हुँदै जापान जान लागेको अवस्थामा लागुऔषधसहित ५६ वर्षीय मिको ताकेनाकालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले विमानस्थलको अन्तर्राष्ट्रिय उडानअघि जाँचका क्रममा ९० ग्राम चरेशसहित ताकेनाकालाई पक्राउ गरिएको जानकारी दिए । उनलाई आवश्यक अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय पठाएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप