शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री हकको निधन

बिहीबार, ०२ जेठ २०७६, २२ : ००
बिहीबार, ०२ जेठ २०७६

एजेन्सी-अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री बव हकको बिहीबार ८९ बर्षको उमेरमा निधन भएको छ ।    

देशको राजधानी सिड्नीस्थित आफ्नै निवासमा उनको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

लेबर पार्टीका नेता हकले सन् १९८३ देखि १९९१ सम्म अष्ट्रेलियाको प्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्हेका थिए । उनले आफ्नो कार्यकालमा चिकित्सकीय सेवा र राजनीतिक रुपान्तरणको नमूना स्थापित गरेको बताउने गरिन्छ । 

“आज हामीले बव हकलाई गुमाएका छौँ, उहाँ एक जना महान् अष्ट्रेलियाली नागरिक हुनुहुन्थ्यो, धेरैले उहाँको समय अत्यन्त महत्वपूर्ण भएको बताएका छन्,” उनकी श्रीमती ब्लान्च डि अल्पुगेटद्वारा बिहीबार राति जारी वक्तव्यमा भनिएको छ ।

“बव हक र पउल किटिङको सरकारले अष्ट्रेलियाको अर्थतन्त्रलाई आधुनिकिरण गरेका थिए, उहाँको कार्यकालमा आर्थिक स्वतन्क्रता र रोजगारी बढेको थियो,” वत्तव्यमा उल्लेख गरिएको छ ।  

संघीय निर्वाचनको दुई दिन अगाडि उनको निधन भएको हो । लेबर पार्टीका नेता बिल सर्टनले हकलाई पार्टीको सवैभन्दा ठूलो छोराको रुपमा व्याख्या गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप