बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरबाट दुई पाकिस्तानी नागरिक पक्राउ

बिहीबार, ०२ जेठ २०७६, २१ : ३४
बिहीबार, ०२ जेठ २०७६

भक्तपुर-नेपालको सबैभन्दा ठूलो नोट कस्तो हुन्छ हेर्छौं भन्दै नेपाली रकम चोरी गरी लैजाने गरेको अभियोगमा प्रहरीले दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ । 

प्रहरीले पाकिस्तानी नागरिक ३२ वर्षीय मोहसिन खान र अर्का पाकिस्तानी नागरिक ३१ वर्षीया पूजा मोसिनलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए ।
 
निज दुई पाकिस्तानी नागरिकले गत वैशाख २९ गते बा १९ च ७४ नम्बरको कारमा आई सूर्यविनायक नगरपालिका–५ स्थित रामकृष्ण श्रेष्ठले सञ्चालन गरेको आरके इलेक्ट्रिक एण्ड इलोक्ट्रोनिक्स सेन्टरमा आफूहरुसँग अमेरिकी डलर रहेको र नेपालको सबभन्दा ठूलो नोट कस्तो छ हेरौँ भनी हेर्ने क्रममा नोटको बिटोबाट रु ३० हजार चोरी गरेको प्रहरीको भनाइ छ ।

त्यसैगरी सोही नागरिकले मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा सन्तकृष्ण हेक्काले सञ्चालन गरेको हेक्का किचेन स्टोरमा गई नेपाली ठूलो नोट हेर्ने बाहनामा रु ७० हजार चोरी लगेको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई काठमाडौँबाट पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीमा परेको उजुरीको आधारमा गाडी नम्बरबाट खोजी गरेको र उनीहरुलाई काठमाडौँ सिनामङ्गलस्थित रुद्र भ्यू होटलबाट पक्राउ गरेको प्रनाउ केसीले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट दुई हजार ९५० अमेरिकी डलर, पाकिस्तानी मुद्रा ६३०, नेपाली रु एक लाख ३७ हजार ५०० बरामद गरेको उनले जानकारी दिए । पक्राउ परेको पाकिस्तानी नागरिकलाई प्रहरी वृत्त थिमिको हिरासतमा राखी अनुसन्धान गरी मुद्दा दायर गरिएको उनले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप