शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलंकाली भूमिमा भारतको पहिलो इनिङसहितको जीत, सिरिजमाथि कब्जा

आइतबार, २२ साउन २०७४, १६ : ११
आइतबार, २२ साउन २०७४

कोलम्बो – पहिलो टेस्टमा श्रीलंकाविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको जीत हासिल गरेको भारतले दोस्रो टेस्टमा अर्को किर्तिमान बनाउन सफल भएको छ ।

दोस्रो टेस्टमा एक इनिङ र ५३ रनले श्रीलंकालाई पराजित गर्दै भारतले उसैको भूमिमा पहिलो पटक इनिङसहितको जीत हासिल गरेको हो ।
भारतले पहिलो ब्याटिङ गर्दै प्रस्तुत गरेको ६२२ रनको विशाल लक्ष्य पछ््याउने क्रममा श्रीलंका दोस्रो इनिङमा ३ सय ८६ रनमा समेटिएपछि इनिङको हार बेहोर्न बाध्य भएको हो ।

पहिलो इनिङमा मात्र १८३ रनमा समेटिएको श्रीलंकाले दोस्रो इनिङमा भने सुधारिएको खेल प्रदर्शन गरेको थियो ।

ओपनर दिमुथ करुणारत्नेले १ सय ४१ रन बनाउँदै श्रीलंकाको संघर्षलाई कायम राखे पनि उनी आउट भएपछि श्रीलंकाको पारी एकपछि अर्को गर्दै धर्मराएको थियो ।

उनलाई कुशल मेन्डिसले ११० रन बनाएर राम्रो साथ थिए भने पूर्व कप्तान एन्जेलो म्याथ्युजले पनि ३६ रन बनाए ।

भारतका लागि रविन्द्र जडेजाले ५ विकेट लिए भने हार्दिक पाण्डेय र रविचन्द्र आश्विनले २–२ विकेट लिए ।

पहिलो पारीमा ७० रन बनाउनका साथै खेलमा ७ विकेट लिन सफल जडेजा म्यान अफ द म्याच घोषित भए ।

योसँगै भारतले तीन टेस्टको सिरिज २–० ले आफ्नो पक्षमा पार्न सफल भएको छ ।

तेस्रो टेस्ट अगस्त १२ देखि पालकेले अन्तर्राष्ट्रिय मैदानमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप