प्रभावमा परेर बिहे गर्दा...
दोलखाको डाँडागाउँ घर भई काठमाडौँको कालोपुल बस्ने २० वर्षीया जेनी खड्का प्रभावमा परेर बिहे गर्दा गम्भीर अवस्थामा पुगेकी छन् ।
६ वर्ष अघि बिहे गर्दा उनलाई आफू दोस्रो पत्नी भएको जानकारी थिएन । पछि घरमा अर्को श्रीमती पनि छ भन्ने चाल पाएपछि उनी श्रीमान् छाडेर माइतीसँग बस्दै आएकी थिएन् ।
बेला बेलामा घर जान दबाब दिँदै श्रीमान्ले धम्की दिने गरेका जेनीको परिवारको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ तर पनि उनले सुख पाइनन् ।
बुधबार भने गम्भीर परिणाम भोग्नु पर्यो । साँझ अन्दाजी ७ः३० बजे आफ्नै श्रीमान् काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ फूलबारी बस्ने ३६ वर्षीय विष्णु भुजेलको एसिड प्रहारबाट गम्भीर घाइते भएकी छन् ।
उनको ओम अस्पतालमा उपचार हुन नसकेपछि कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । एसिडले उनको अनुहारको एक भाग, हात, मुख, छाती जलेको र बोल्नसक्ने अवस्था नरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीको भनाइ छ ।
भुजेलले जेनीलाई हाल्नकै लागि नियतबस नै काभ्रेबाट एसिड ल्याएको खुलेको छ ।
एसिड प्रहार गरी सख्त घाइते बनाएर भागेको भन्ने सूचनाको आधारमा खोजी गर्दा दुई घण्टामै भुजेललाई प्रहरीले काठमाडौँको काँडाघारीबाट राति १०ः१५ बजे पक्राउ गरेको छ ।
उनलाई अनुसन्धानका लागि अहिले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ । मोटरसाइकलको ग्यारेजमा काम गर्ने भुलेजले विभिन्न प्रभावमा पारेर सानै उमेरमा बिहे गरेको जेनीको परिवारलाई उद्धृत गर्दै प्रवक्ता बोगटीले बताए ।
आफू कान्छी श्रीमती भएको थाहा पाएपछि उनीहरुबीच विवाद शुरु भएको थियो । तीन वर्षअघि छोरा जन्माएकी जेनी त्यसपछि अलग्गै बस्न थालेका थिइन् ।
बुधबार भने भुजेलले रिसको झोकमा कोठा बाहिर बोलाएर एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहितामा तेजाब आक्रमणका घटनामा आठ वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आगामी सोमबार विश्वासको मत लिने
-
‘ईश्वर’ आगामी वर्षको मङ्सिरमा रिलिज हुने
-
यी हुन् कांग्रेसका आदिवासी जनजाति विभागमा मनोनीत १० सदस्य
-
प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन
-
सूर्याको हातमा आयो अर्को ठुलो फिल्म
-
नीरव मोदीको लन्डनस्थित घर बेच्न अदालतकाे अनुमति