शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओयोकोे गर्मीका लागि बुकिङ सूची खुल्यो, २२१ प्रतिशतले बुकिङमा वृद्धि

बिहीबार, ०२ जेठ २०७६, १७ : ०१
बिहीबार, ०२ जेठ २०७६

काठमाडौं– ओयो होटल्स् एण्ड होम्स्ले गर्मी यामका लागि बुकिङ खालेसँगै बुकिङ गर्नेको संख्या बढेको छ ।

दक्षिण एशियाकै सबैभन्दा ठूलो, चीनको दोस्रो सबैभन्दा ठूलो र विश्वकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको लिज्ड् तथा फ्रयानचाईज होटल, घर तथा आवासले पहिलो त्रैमासिकको ट्राभल बुकिङ सूची सार्वजनिक गरेको छ ।

उक्त सूची अनुसार अघिल्लो वर्षको बुकिङको समान अवधिको तुलनामा यस वर्ष कुल बुकिङमा २२१ प्रतिशतले वृद्धि भएको छ । जसमा नेपालीहरुले पनि गर्मी बिदा मनाउने योजना अगाडि नै बनाउन शुरु गरेकोप्रष्ट देखाउँछ । प्रत्येक ७२.४८ सेकेण्डमा एउटा ओयो बुक हुने गरेको देखिन्छ, जसमध्ये सबैभन्दा बढि बुकिङ भएका गन्तव्य काठमाडौं, पोखरा र विराटनगर हुन् ।

बुकिङको शिर्ष स्थानमा काठमाडौं रहेको छ । जसमध्ये अधिकतम बुकिङ जोडीहरुले (५७.२७५) गरेका छन् । परिवार र एकल यात्रुहरुले समान संख्यामा(२१.३६५)बुकिङ गरेका छन् । नेपालमा इन्टरनेटको प्रयोग बढ्दो छ, र नेपाली यात्रुहरुले छुट्टीको योजना बनाउन आधुनिक प्रविधिको प्रयोग गर्नमा देखाएको उत्साहलाई एपमार्फत भएका बुकिङले प्रष्ट झल्काउँछ ।

जुन ४०.७९ गुणाले डेक्सटप बुकिङ भन्दा माथि रहेको छ । अनुमानको आधारमा यो पनि देखिन्छ कि बजेट श्रेणीका होटलहरु अन्य भन्दा उच्च संख्यामा बुकिङ भइरहेका छन् ।

बुकिङको बढ्दो प्रचलनको लोकप्रियतालाई लिएर ओयो होटल्स् एण्ड होम्स्, भारत र दक्षिण एशियाका प्रमुख कार्यकारी अधिकृत आदित्य घोषले भने, ‘परिवार र साथीहरुसँग गर्मी बिदा मनाउँदै हुर्किनु हामी सबैको जीवनको महत्वपूर्ण पाटो हो । अधिकांशले यो समयलाई आफ्ना प्रियजनसँग बिताएर सदुपयोग गर्न रुचाउँछन् ।

ओयोमा हामीले सुलभ, गुणस्तरीय भ्रमण तथा आवासको विकल्पको आवश्यक्तालाई बुझेका छौं । ओयो काठमाडौं, पोखरा, धुलिखेल, भक्तपुर, नगरकोट, चितवन, विराटनगर, हेटौँडा, नेपालगञ्ज तथा धन्गडी गरेर नेपालका १० शहरहरुमा सञ्चालनमा आइसकेको छ र हामी ग्लोबल र स्थानीय यात्रुहरुलाई नेपालमा ओयोको उत्कृष्ट अनुभव गराउँन लागि परेको छौँ ।’

ओयोको गर्मी यामको बुकिङ सूचीले उपभोक्ताको व्यवहार र अन्तर्राष्ट्रिय बजारको प्रवृति माथि पनि प्रकाश पारेको छ । भारत, मलेशिया तथा इन्डोनेशियाका अत्याधिक बुकिङ भएका शहरहरु क्रमश गोवा, क्वाला–लम्पुर तथा जकार्ता हुन् । भारतमा अघिल्लो वर्षको तुलनामा यस वर्ष बुकिङमा ११९ प्रतिशतले वृद्धि भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप