शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कुमारी बैंकद्धारा विद्यालयलाई पाठ्यपुस्तक वितरण

बिहीबार, ०२ जेठ २०७६, १६ : ५१
बिहीबार, ०२ जेठ २०७६

काठमाडौं– कुमारी बैंकले काठमाडौं महानगरपालिका १ कमलपोखरीस्थित श्री कमल आधारभूत विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत विपन्नवर्गका विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण गरेको छ ।

विगत वर्षको सहयोगलाई निरन्तरता दिँदै, उक्त बालबालिकाको गुणस्तरीय आधारभूत शिक्षामा टेवा पु¥याउने उद्देश्यका साथ बैंकले उक्त पाठ्यपुस्तक वितरण कार्यक्रम सम्पन्न गरेकोे हो । 

गुणस्तरीय शिक्षामा टेवा पु¥याएर बौद्धिक विकासको उज्यालोतर्फ लैजाने उद्देश्यले गरिएको उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक मान बहादुर खड्कालाई पाठ्यपुस्तक हस्तान्तरण गरे ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप