शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

७२ जना  सेयरधनीले आफ्नो सेयरको प्रमाणपत्र हराएपछि बिक्री प्रबन्धक गुहारे, कसको कति कित्ता हरायो (सूचीसहित)

बिहीबार, ०२ जेठ २०७६, १५ : २९
बिहीबार, ०२ जेठ २०७६

काठमाडौं–बैंक, बिमा, फाइनान्स लगायत १५ कम्पनीका ७२ जना सेयरधनीले आफ्ना सेयरको प्रमाणपत्र हराएपछि बिक्री प्रबन्धकलाई गुहारेका छन् ।

आफ्नो प्रमाणपत्र हराएको भन्दै प्रतिलिपि प्रमाणपत्र उपलब्ध गराउन बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलाई निवेदन दिएका छन् । यता बिक्री प्रबन्धकले भने वास्तविक सेयरधनी वा होइनन् भनेर उनीहरुले दिएको निवेदन अनुसारको सेयर अरु कसैको नामको हो की होइन, यदि हो भने ३५ दिनभित्र हकदाबी पेश गर्न सार्वजनिक सूचना निकालेको छ । 

सेयर प्रमाणपत्र हराएको निवदेन दिनेमा नेपाल इन्भेष्टमेन्ट बैंकका १० जना सेयर धनी, कृषि विकास बैंकका ३८ जना, मुक्रिनाथ विकास बैंकका २ जना, एसियन लाइफ इन्सुरेन्सका तीन जना र ज्योती विकास बैंकका २ जना सेयर धनी रहेका छन् । 

यसैगरी ओम डेभलपमेन्ट बैंकका २ जना, लुम्बिनी जनरल इन्सुरेन्सका एक जना, गोर्खाज फाइनान्सका एक जना, सिन्धु विकास बैंकका एक जना, सांग्रिला डेभलपमेन्ट बैंकका २ जना, साल्ट ट्रेडिङ कर्पोरेसनका ४ जना, काबेली विकास बैंकका एक जना,  गरीमा विकास बैंकको एक जना, देव विकासको ३ जना र सिद्धार्थ इन्सुरेन्सका एक जना सेयरधनी रहेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप