साउदी तेल पाइपलाइनमाथि ड्रोन आक्रमण, साउदी अरब त्रसित
मंगलबार साउदी अरबको राजधानी रियादस्थित तेल पाइपलाइनमाथि ड्रोन आक्रमण भयो ।
आक्रमण साउदीको दक्षिणी छिमेकी यमनको राजधानी कब्जा गरेर बसेका हुथी विद्रोहीले गरेका थिए । मंगलबारको आक्रमणमा प्रयोग भएको ड्रोन उच्चस्तरको थियो ।
हुथीले सरकारी तेल कम्पनी अरमाकोको पाइपलाइनमाथि आक्रमण गरेका थिए । आक्रमणबाट पाइपलाइनको दुई स्थानमा क्षति पुगेको छ ।
आक्रमणले तेलको पाइपमा सामान्य क्षति पारेको भए पनि हुथीले प्रयोग गरेको उच्च प्रविधियुक्त ड्रोनबाट भने साउदी अरब र उसका गठबन्धन सदस्य तर्सिएका छन् ।
सन् २०१५ मार्च २१ मा हुथी विद्रोहीले यमनको राजधानी कब्जा गरेर यता यहनमा गृहयुद्ध जारी छ । त्यसमा साउदी–युएईको नेतृत्वमा रहेका गठबन्धनले हुथीविरुद्ध भिषण बमबारी गरिरहेको छ ।
हुथी विद्रोहीले समय समयमा आफू विरुद्ध आक्रमण गर्ने देशमा ड्रोन आक्रमण गर्ने गर्छ । पछिल्लो समय ड्रोन आक्रमणको संख्यामा वृद्धि भएको छ ।
सन् २०१८ जुलाईमा एक ड्रोन अबु धावीको एयरपोर्टमा विस्फोट भएको थियो ।
विस्फोटले सामान्य असर गरेको भए पनि हुथीले यूएईलाई उसका आर्थिक केन्द्र सुरक्षित नरहेको संकेत दिएको थियो ।
सन् २०१८ जनवरीमा एक शीर्ष गुप्तचर प्रमुख अडेन बाहिर रहेको अल–अनाद हवाई आधारमा मारिएका थिए । त्यसमा पनि बमबाट सुसज्जित ड्रोनको प्रयोग भएको थियो ।
मार्चमा हुथी विद्रोहीले एक भिडियो सार्वजनिक गरेका थिए, जसमा एक ड्रोन साउदी अरबको अल–शुकइक पानी प्रशोधन केन्द्रमाथि उडिरहेको देखिन्थ्यो ।
ड्रोन उडेर यमनको सिमानाबाट १३० किमी भित्र पुगेको थियो । ड्रोनबाट कुनै आक्रमण त भएन तर यसबाट हुथीले अरब राष्ट्रको लागि बहुमुल्य पानी पनि आफ्नो निशानामा रहेको संकेत दिएको छ ।
हुथीले प्रयोग गर्ने ड्रोन जीपिएसबाट निर्देशित रहने गरेको र निशानामाथि पुगेपछि लक्षमा झर्ने गरेको छ ।
विज्ञले हुथीको ड्रोन प्रविधिमा इरानको सहयोग हुने गरेको बताउने गरेका छन् । तर पछिल्लो समय हुथीका ड्रोनमा अन्तरराष्ट्रिय पार्टपुर्जा प्रयोग हुन थालेका छन् । द्वन्द्व लम्बिदैं गर्दा विद्रोही माझमा पनि नवीनताको विकास भएको हुन सक्छ ।
‘इन्टरनेसनल इन्टरेस्ट’ पत्रिकाका प्रधान–सम्पादक शामी हम्दी भने ड्रोनको प्रयोग र प्रविधिमा विकास भएको अचम्म मान्दैनन् ।
‘विगतमा इराकमा पनि कुर्दिस सैन्य दस्ताले तिनको आफ्नै ज्ञानको आधारमा ड्रोन निर्माण गरेर प्रयोग गरेका थिए । हुथीलाई त अझ इरानबाट पनि सहयोग प्राप्त छ । त्यस सहयोग अन्तर्गत तिनले यी हतियार निर्माणको प्रविधि पनि सिकिरहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टोइनिसले बनाए नयाँ कीर्तिमान
-
प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीबिच ‘वान टु वान’ वार्ता
-
फष्टलुक्समा यस्तो देखियो ‘घरज्वाइँ’
-
आज कहाँ–कहाँ हुन्छ सडक अवरुद्ध ?
-
करेन्ट लागेर विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु
-
नेपालमा जनावरको दुधबाट मान्छेमा बर्ड फ्लुको ‘एच–फाइभ एन–वान’ भाइरस सरेको देखिएको छैन : विज्ञ