शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकका ग्राहकलाई अल्का अस्पतालमा विशेष छुट

बिहीबार, ०२ जेठ २०७६, १३ : ०५
बिहीबार, ०२ जेठ २०७६

काठमाडौं–एन आई सी एशिया बैंक लिमिटेड र अल्का अस्पताल बीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता भएको छ ।

बैंकका सम्पूर्ण ग्राहकहरुलाई अल्का अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार एन आई सी एशिया बैंकका ग्राहकले अल्का अस्पतालको डिस्काउन्ट कार्ड प्रयोग गरी बैंकको डेबिट एवं क्रेडिट कार्डमार्फत् उपचार शुल्क भुक्तानी गर्दा २०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र अल्का अस्पतालका कार्यकारी निर्देशक विद्या श्रेष्ठ थापा र प्रशासन प्रमुख रोजिका प्रधानले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप