शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साइबर आक्रमण रोक्न राष्ट्रिय संकटकालको घोषणा

हुवावेलक्षित अमेरिकाको कडा कदम ?
बिहीबार, ०२ जेठ २०७६, १३ : ०७
बिहीबार, ०२ जेठ २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा साइबर हमलाको खतरा औंल्याँउँदै राष्ट्रिय संकलटकालको घोषणा गरेको छ ।

विविसीका अनुसार, उनले एक कार्यकारी आदेश जारी गरेर सो घोषणा गरेका हुन् ।

राष्ट्रपति ट्रम्पको यो कदमलाई विश्लेषकहरुले चिनियाँ टेलिकम कम्पनी हुवावेविरुद्ध परिलक्षित कडा कदमको रुपमा व्याख्या गरेका छन् ।

हुवावेले टेलिकमको आवरणमा चीनका लागि जासुसी गर्ने गम्भीर आशंका अमेरिकाले गर्दै आएको छ र हुवावेविरुद्ध विश्वव्यापी रुपमै युद्धस्तरमा अभियान छेडिरहेको छ । अमेरिकी आशंकाअनुसार, हुवावेले टेलिकम सेवाको आवरणमा अमेरिकाबाट  गोप्य सूचनाहरु चोरी गरिरहेको छ ।

त्यसो त राष्ट्रपतिको कार्यकारी आदेशमा चाहिँ राष्ट्रिय सुरक्षामा खतरा पार्ने विदेशी टेलिकम कम्पनी यही हो भन्ने खुलाइएको छैन । तर सबैले अमेरिकाको यो पछिल्लो कदम हुवावेकै विरुद्ध हो भनेर ढुक्कका साथ भन्न थालेका छन् ।


राष्ट्रपति ट्रम्पले उक्त आदेश जारी गरेपछि अब अमेरिकाम विदेशी टेलिकम सेवाहरुको उपयोगमा प्रतिबन्ध लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप