बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नाना पाटेकरविरुद्ध प्रमाण भेटिएन, तनुश्रीको आरोप झुट सावित

बिहीबार, ०२ जेठ २०७६, ११ : ५१
बिहीबार, ०२ जेठ २०७६

बलिउड अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरविरुद्ध लगाएको ‘मिटु’ को आरोप गलत साबित भएको छ । तनुश्रीले करिब ७ महिना पहिले नाना पाटेकर र गणेश आचार्यले उनीमाथि यौन शोषण गरेको आरोप लगाएकी थिइन् । 

सन् २००८ मा ‘हर्न ओके प्लीज’ को शुटिङमा तनुश्रीमाथि उनीहरुले यौन शोषण गरेको आरोप लगाउँदै उनले ओशिवारा पुलिस स्टेशनमा एफआईआर दर्ता गराएकी थिइन् । 

प्रहरीका अनुसार उनले करिब १२÷१५ जना साक्षीको बयान दर्ता गराएकी थिइन् । जसमा सलमान खानकी अभिनेत्री डेजी शाह पनि थिइन् । 

डेजी सो समयमा गणेश आचार्यको असिस्टेन्ट थिइन् । भने अन्य ब्याकग्राउन्ड डान्सर र त्यस समय त्यहाँ उपस्थित कर्मचारी थिए । जसमध्ये कसैले दिएको बयान पनि तनुश्रीसँग मेल खाने थिएनन् । 

डेजी शाहले उक्त घटना याद नभएको भन्दै बयान दिइन् । प्रहरीले बयान दिएकाहरुको रेकर्ड सुन्दा कोहि पनि तनुश्रीको समर्थनमा थिएनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप