शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चुम्बनबारे कियारालाई पत्रकारले प्रश्न सोध्दा रिसाए शाहिद कपुर, दिए कडा जवाफ

बिहीबार, ०२ जेठ २०७६, ०९ : ५६
बिहीबार, ०२ जेठ २०७६

हालै बलिउड नायक शाहिद कपुरको फिल्म कबिर सिंहको ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर सोसल मिडियामा चर्चाको विषय पनि बनेको छ । दर्शकले शाहिद र कियाराको अभिनय निकै प्रशंसा गरिरहेका छन् । फिल्मको ट्रेलर लञ्चका लागि शाहिद कपुर, कियारा आडवाणी र यसका निर्माता पुगेका थिए । यतिबेला उनीहरुले फिल्मसँग जोडिएका प्रश्नको जवाफ दिए र यसबारे कुराकानी पनि गरे ।

यो कार्यक्रममा दुबै सेलिब्रिटीले पत्रकारको प्रश्नको रोचक जवाफ दिए तर एक प्रश्नमाथि शाहिद कपुर भड्किए । बलिउड लाइफका अनुसार एक रिपोर्टरले कियारालाई फिल्ममा उनको र शाहिदका चुम्बनका कति दृश्य छन् भनेर प्रश्न सोधे । कियाराले ‘फिल्ममा आफ्नो चुम्बनको गन्ती  नगरेको’ जवाफ दिइन् । यो जवाफ पछि पनि रिपोर्टरले चुम्बनबारे नै प्रश्न सोध्दा शाहिद रिसाए ।

शाहिदले रिपोर्टरलाई जवाफ दिँदै भने, ‘के तपाईंको धेरै अघिदेखि प्रेमिकाविहिन हुनुभएको छ ? तपाईं चुम्बनबाहेक अन्य कुनै पनि प्रश्न सोध्न सक्नुहुन्न ? हामीले फिल्ममा धेरै अभिनय पनि गरेका छौं ।’

स्मरण रहोस्, फिल्मको ट्रेलरमा रक्सी, चुरोट, लागुऔषधले भरिएको छ । यतिबेला शाहिदलाई यसबारे पनि प्रश्न सोधियो तब उनले जवाफ दिए, ‘फिल्ममा रक्सी र चुरोटको प्रयोग कहानीमा पात्रको पीडा बयान गर्नका लागि गरिएको हो । दर्शकहरु यस्ता चिजतर्फ कुनै पनि हालतमा आकर्षित हुनुहुँदैन ।’

शाहिद र कियारा पहिलो पटक कुनै फिल्ममा सँगै देखिन लागेका हुन् । यसअघि यी दुईको केमेस्ट्री म्युजिक भिडियो ‘उर्वशी’ मा देखिएको छ । स्मरण रहोस्, यो फिल्म अर्जुन रेड्डीको हिन्दी रिमेक हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप