मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आयाक्स डच लिग च्याम्पियन

बिहीबार, ०२ जेठ २०७६, ०९ : ५४
बिहीबार, ०२ जेठ २०७६

यस सिजनको च्याम्पियन्स लिगमा सानदार प्रदर्शन गर्दै सेमिफाइनलसम्म पुगेको डच टोली आयाक्सले घरेलु लिगको उपाधि जितेको छ । आयाक्स पाँच बर्षपछि नेदरल्यान्डको लिग च्याम्पियन बनेको हो । लिग अन्तर्गत बुधबार राति भएको खेलमा आयाक्सले डि ग्राफस्क्यापलाई ४–१ गोलले हरायो ।

आयाक्सको जितमा डुसान टाडिकले दुई गोल गरे । लासे स्काने र निकोलस ट्याग्लियाफिकोले समान एक एक गोल गरे । डि ग्राफस्क्यापका युसेफले एक गोल फर्काएका थिए । सन् २०१४ पछि डच लिग जितेको आयाक्सको समग्रमा ३४औं लिग उपाधि हो ।

आयाक्सले दोस्रो स्थानको पीएसभी इन्डोभेनलाईलाई तीन अंकले पछि पार्न सफल भयो । आयाक्सले ३४ खेलबाट ८६ अंक बनायो । दोस्रो स्थानमा रहेको पीएसभीले ८३ अंक बनायो । बुधबार रातिनै भएको खेलमा पीएसभीले हेराक्लेस अल्मेलोलाई ३–१ गोलले पराजित गरेको थियो ।

अधिकांश युवा खेलाडीले भरिएको आयाक्सका खेलाडीमा अहिले युरोपका ठूला क्लबले आँखा लगाएका छन् । आगामी सिजनमा प्राय खेलाडी युरोपका ठूला क्लबमा अनुबन्ध हुने तयारीमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप