बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

२ वर्षकी छोरीको खेलौना निलेका कारण मृत्यु, नायकले बताए त्यो दिनको घटना

बिहीबार, ०२ जेठ २०७६, ०९ : ११
बिहीबार, ०२ जेठ २०७६

केही दिनअघि टिभी नायक प्रतिश बोराको दुई वर्षकी छोरीको खेल्दाखेल्दै मृत्यु भएको थियो । बालिकाको मृत्यु खेलौना निलेका कारण भएको थियो । छोरीको मृत्यु भएको हप्ता दिनपछि उनले स्पटब्वईलाई यसबारे अन्तरवार्ता दिएका छन् । घटनाबारे वर्णन गर्दै उनले भने, ‘हामी त्यसदिन केही साथीसहित घरमा नै थियौं । छोरीले एकाएक खेलौनाको क्युबिकल निलिन् ।’

उनले छोरीलाई बचाउन हरसम्भव प्रयास गरेको तर असफल भएको बताए । उनले भने, ‘मैले तत्काल छोरीको मुखमा हात हालेँ तर उनले मलाई बेस्सरी टोकिदिइन् । उनी मबाट बच्न खोजिरहेकी थिइन्, सायद । मलाई लाग्छ उनी निकै आत्तिएकी थिइन् त्यसकारण खेलौनाको टुक्रा घाँटीमा नै अड्कियो ।’

उनका अनुसार उनी र श्रीमती छोरीलाई लिएर तत्काल अस्पताल गएँ । तर त्यतिबेलासम्म उनको मुखबाट रगत बग्न सुरु भइसकेको थियो । ‘डाक्टरले रक्तश्राव बन्द गर्न सफल भएपनि उनको मुटुको धड्कन अनियमित थियो,’ उनले भने । ‘अक्सिजनको स्तर त राम्रो थियो तर कार्बोन्डाइअक्साइड पर्याप्त मात्रामा बाहिर निस्कन सकिरहेको थिएन ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Cuteness overloaded 😘 #cutebabies #family #indiancutebaby #littlebaby #cutiepie #babygirl #cutenessoverload

A post shared by Pratish Vora (@vorapratishofficial) on

‘डाक्टरले हामीलाई छोरीको अवस्थामा केही बेरमै सामान्य हुने तर उनलाई २४–४८ घण्टासम्म निगरानीमा राख्नुपर्ने बताए । तर अचानक छोरीको मुखबाट पुनः रगत बग्न थाल्यो र उनको धड्कन थप अनियमित ।’

रातीको करिब १ बजे डाक्टरले बालिकाको मृत्यु भएको जानकारी दिएको उनले बताए ।

अहिले श्रीमतीसँगै राजकोटमा भएका नायकले थपे, ‘अब अहिले मेरो लागि सबैभन्दा ठूलो जिम्मेवारी भनेको मेरी श्रीमती हो । त्यसकारण साँच्चै भन्नुपर्दा म रुनसमेत पाइरहेको छैन । तर उनी निकै बहादुर महिला हुन् । उनी मभन्दा चाँडै नै यो स्थितीबाट बाहिरिनेछिन् । उनी आजबाटै काममा जाँदैछिन् । म यहाँ केही दिनसम्म बस्नेछु र त्यसपछि कामको थालनी गर्नेछु ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

My Lucky charm.. mmuuaawwaahh

A post shared by Pratish Vora (@vorapratishofficial) on

‘मेरी छोरी अब हामीमाझ छैनन् । तर मलाई अझै पनि उनी यहाँ छिन् जस्तो लाग्छ । जब मैले आफ्नो दिमाग कतै मोड्न खोज्छु तब उनको मुहार अगाडि आइहाल्छ, त्यसपछि उनी खेलेको, बोलेको, रमाएको सबै चित्र अगाडि नाच्न थाल्छ । त्यसपछि म फेरि रोकिन्छु । भगवानबाट हाम्रो भरोसा गुुमेको म भन्न चाहन्नँ । अहिलेका लागि यति भन्न सक्छु कि जीवन अघि बढ्नुपर्छ  । सायद यही सोचले हामी यो स्थितीबाट बाहिर निस्कन सक्छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप