मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलङ्कामा मुस्लिममाथि हमला, महिलाले जंगलमा लिए शरण

बिहीबार, ०२ जेठ २०७६, ०८ : ११
बिहीबार, ०२ जेठ २०७६

रंजन अरुण प्रसाद/ बीबीसी

गत महिना अप्रिलमा इस्टरको मौकामा श्रीलङ्कामा भएको चरमपन्थी हमलामा २५० बढीको मृत्यु भएको थियो । त्यसपछि श्रीलङ्कामाथि लगातार हमला भइरहेको छ । १३ मेमा पुट्टालम, कुरुनेगाला र गमपाहा जिल्लामा हमला भएको छ ।

यी क्षेत्रका विभिन्न मुस्लिम गाउँलाई निशाना बनाएको छ । बीबीसी तमिलले यस्तै एउटा गाउँको भ्रमण गरेको छ । यो पुट्टालम जिल्लाको नट्टांडिया–दुनमेथरा गाउँ हो । यद्यपी, यो गाउँमा तमिल बोल्ने मुस्लिम जनसंख्या छ जबकी यसको वरिपरिको इलाकामा सिंहलीको जनसंख्या धेरै छ ।

दुनमेथराका स्थानीय अनुसार सोमबार सयबढी नकाबधारी गाउँमा प्रवेश गरे । गाउँका एक युवा निशारले हमलाकर्ताको सामना गर्नका लागि सबै युवा जम्मा भएको जानकारी दिए ।

उनका अनुसार नकाबधारी छोटकरी बाटो हुँदै गाउँमा प्रवेश गरेका थिए । उनले भने, ‘सबैभन्दा पहिले उक्त भीडले मस्जिदमाथि हमला गरे,  त्यसपछि घर र पसललाई निशाना बनाए ।’

‘हामीहरु रोजा खोल्ने तयारी गरिरहेका थियौं त्यति नै बेला हमला भयो ।’

‘महिला रातभरी जंगलमा बसे’

निशारका अनुसार हमला भइरहँदा महिलाहरु नजिकैको जंगलमा बसेको जानकारी दिए । उनले भने, ‘जब महिलाले हमला देखे तब उनीहरु भागेर नजिकैको जंगलमा गए । उनीहरु रातभरी जंगलमा नै बसे र बिहानमात्र फर्किए ।’

स्थानीयका अनुसार भीडले मस्जिद, मुसलमानका घर र पसलमा हमला गरेका छन् । थुप्रै घरलाई पेट्रोल बमको निशानामा पारियो । उक्त भीडले कुरानको प्रतिमासमेत जलाएको बताइएको छ ।

हमलापछिको दृश्य निकै भयावह थियो । गाउँभरी जलेका वाहन, घर देख्न सकिन्थ्यो ।

निशारले उक्त हमला सुरक्षाकर्मीको मद्दतले गरिएको आरोप लगाए । उनका अनुसार पुलिस अधिकारी चौकीमै भएका बेला थुप्रै स्थानमा आगो लगाइएको थियो ।

यद्यपी, सेनाका प्रवक्ता ब्रिगेडियर सुमित अटापट्टुले बीबीसीसँग भने, ‘यदि सेनाले उनीहरुलाई कानूनविरुद्ध विभिन्न गतिविधि गर्ने अनुमती दिन्छन् भने यो एउटा ठूलो अपराध हो । हामी सेना प्रमुखसँग सल्लाह लिइरहेका छौं र मुस्लिम घर र पसललाई निशाना बनाएर गरिएका हमलाबारे अनुसन्धान सुरु गरिसकेका छौं ।’

‘यी हमलाको क्रममा सुरक्षाबलद्वारा कुनै गल्ती वा अपराध गरिएको छ भने यसबारे जानकारी दिन आग्रह गर्छु,’ सुमितले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप