बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साइबर हमलाको आशंकामा अमेरिकामा राष्ट्रिय संकटकालको घोषणा

बिहीबार, ०२ जेठ २०७६, ०७ : ३८
बिहीबार, ०२ जेठ २०७६

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशी साइबर हमलाको स्थितीमा अमेरिकी कम्प्युटरलाई बचाउनका लागि राष्ट्रिय संकटकालको घोषणा गरेका  छन् ।

ट्रम्पले एक कार्यकारी आदेश जारी गरेर राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।

उनको यो आदेशपछि अमेरिकी कम्पनीहरुलाई विदेशी दुरसंचार सेवाको उपयोग गर्नबाट प्रतिबन्ध लगाइएको छ । यी विदेशी दुरसंचार सेवाका कारण राष्ट्रिय सुरक्षालाई खतरा हुनसक्छ भनिएको छ ।

ट्रम्पले आफ्नो आदेशमा कुनै पनि कम्पनीको नाम लिएका छैनन् ।

यद्यपी, विश्लेषकका अनुसार राष्ट्रपति ट्रम्पले यो कदम विशेष रुपमा चीनको टेलिकम कम्पनी ह्वावेका लागि उठाएका हुन् ।

थुप्रै देशले ह्वावे कम्पनीको उत्पादनको प्रयोगले चीनलाई जासुसीका लागि सहयोग गरिरहेको अनुमानज गरेका छन् ।

टेलिकम उपकरण बनाउने संसारको सबैभन्दा ठूलो कम्पनी ह्वावेले यद्यपी यी आशंकालाई निराधार बताउँदै आफ्नो कामले कसैलाई हानी नोक्सानी नहुने र जासुसीको कुनै जोखिम नभएको बताएको छ ।

ह्वाइट हाउसको बयान अनुसार ट्रम्पको आदेशको उद्देश्य ‘अमेरिकालाई विदेशी दुश्मनबाट बचाउनु हो जो सक्रिय रुपमा लगातार सूचना र संचार प्रविधी एवं सेवाको उपयोगबाट अतिसंवेदनशील बनेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप