बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

श्रीलङ्कामा ७८ जना गिरफ्तार

बुधबार, ०१ जेठ २०७६, २३ : ३४
बुधबार, ०१ जेठ २०७६

एजेन्सी-श्रीलङ्काको उत्तरपश्चिमी क्षेत्रमा भएका विभिन्न हिंसात्मक घटनाका क्रममा ७८ जनालाई गिरफ्तार गरिएको छ ।  प्रहरी प्रवक्ता एसपी रुवान गुनासेकराले बुधबार दिएको जानकारीअनुसार कुरुनेगाल, कुलियापिटीया, निकावेरातीया, चिलावलगायतका ठाउँबाट उनीहरूलाई गिरफ्तार गरिएको हो ।

उनले पक्राउ परेकाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरीले झडप वा हिंसाका बेलाको भिडियोहरू पनि हेरेर छानबिन गरिरहेको उनले बताए । 

प्रहरीले पक्राउ परेका सबै जना दोषी भएको पुष्टी हुनसक्ने जनाएको छ । उनले घटना अझै बल्झिने सम्भावनालाई मध्यनजर गर्दै कतिपय ठाउँमा कफ्र्यु लगाइएको पनि जानकारी दिए ।    

ती घटनाहरूमा परी कम्तीमा एक जनाको मृत्यु भएको र अन्य केही घाइते भएको समाचारमा जनाइएको छ ।  श्रीलङ्कामा पछिल्लो समय विभिन्न ठाउँमा जातीय हिंसात्मक घटनाहरू भइरहेको छ भने आम नागरिक त्रसित भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप