बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमै पहिलो पटक पाककला राष्ट्रिय प्रतियोगिता हुँदै

बुधबार, ०१ जेठ २०७६, २२ : २०
बुधबार, ०१ जेठ २०७६

काठमाडौं– नेपालमै पहिलो पटक पाककलासम्बन्धी राष्ट्रिय प्रतियोगिता हुने भएको छ । 

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सीटीइभीटी) राष्ट्रिय सीप परीक्षण समिति, नेपाल व्यवसायिक योग्यता निर्धारण प्रणाली परियोजना, नेपाल सरकारलगायतको सहयोगमा  सो प्रतियोगिता हुन लागेको हो । 

पाककलाको अभ्यास गरिरहेका सेफको पहिचान गरी उनीहरुलाई राष्ट्रिय स्तरमा कदर प्रदान गर्नु प्रतियोगिताको उद्देश्य रहेको बताएको छ । 

प्रतियोगितामा सहभागी हुन सातै प्रदेशका तोकिएका केन्द्रहरुबाट आवेदन दिन सकिने छ भने १८ वर्षभन्दा माथिका पाककलाको सीप भएका जोकोही सहभागी हुन पाउनेछन् । 

प्रतियोगिताबाट प्रत्येक प्रदेशबाट २–२ जना छनोटमा पर्नेछन् भने उनीहरुबीच जेठ ३१ गते पोखरामा अन्तिम प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगितामा विजेतालाई ‘सेफ अफ द इयर’ घोषणा गरिनेछ । यस्तै प्रथम, दोस्रो र तेस्रो हुनेलाई आकर्षक नगद पुरस्कारको पनि व्यवस्था रहेको छ ।  यो प्रतियोगितको इभेन्ट पार्टनरको रुपमा काठमाडौंस्थित

ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज) रहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप