अपडेटः एसिड आक्रमणमा परेकी युवतीलाई ओमबाट फेक्ट अस्पताल रिफर गरियो
बुधबार, ०१ जेठ २०७६, २१ : ५३
काठमाडौं– एसिड आक्रमणमा परेकी युवतीलाई चाबहिलस्थित ओम अस्पतालबाट कीर्तिपुर स्थित फेक्ट अस्पतालमा रिफर गरिएको छ ।
उनको शरीका विभिन्न भाग जलेकाले ओम अस्पतालबाट फेक्ट रिफर गरिएको हो ।
बुधबार साँझ काठमाडौंको कालोपुलमा २० वर्षीय ती युवतीमाथि एसिड प्रहार भएको थियो ।
आक्रमणकारी एसिड प्रहार गरेर फरार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
उनका अनुसार युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ भने उनको चाबहिलस्थित ओम अस्पतालमा उपचारका लागि लगिएकोमा त्यहाँबाट फेक्ट पठाइएको हो ।
प्रहरीका अनुसार एसिड हान्ने व्यक्तिको पहिचान खुलेको उनको खोजीकार्य भइरहेको छ । के कारणले एसिड प्रहार भयाे भन्नेबारे खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : पूर्वप्रधानमन्त्री खनाल
-
सुनिल नारिनले टी–२० विश्वकप खेल्न सन्न्यास फिर्ता नलिने
-
नेपाल र कतारबिच ८ वटा सम्झौता
-
गर्मीयाममा कस्तो पेयपदार्थ पिउने ?
-
‘बजेट बढाउने र कार्यान्वयन गर्ने दुवै चुनौती छ’
-
२०७२ को विनाशकारी भूकम्प : सम्झनामा बृहत् फोटो प्रदर्शनी, तस्बिरहरू