शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मलाई नियतवस फसाइयो: राजनारायण पाठक

बुधबार, ०१ जेठ २०७६, १८ : ४०
बुधबार, ०१ जेठ २०७६

काठमाडौं– भ्रष्टाचारको मुद्धा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकले आफुले ७८ लाख लिएको भन्ने कुरा सरासर झुठो भएको बताएका छ । आज विशेष अदालतमा बयान दिँदै पूर्वआयुक्त पाठकले सो कुरा बताएका हुन् । 

विषेष अदालतमा बयानका लागि हाजिर भएका उनले भने, मैले ७८ लाख लिएको कुरा झुठो हो, यसमा मलाई नियतबस फसाइयो ।’ त्यसअघि पूर्वआयुक्त पाठसँग अदालतले ७८ लाख धरौटी माग गरेको थियो ।   अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले पाठकसँग ७८ लाख धरौटी माग गरेको हो ।

पाठकले भक्तपुरको नेपाल इन्जिनियरिङ क्याम्पसको विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको सार्वजनिक भएपछि राजीनामा दिएका थिए ।  आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीको पालामा पाठकले आयोगको सदस्यमा नियुक्ति पाएका थिए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप