शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्वआयुक्त राजनारायण पाठकसँग ७८ लाख धरौटी माग

बुधबार, ०१ जेठ २०७६, १८ : २७
बुधबार, ०१ जेठ २०७६

काठमाडौं– भ्रष्टाचारको मुद्धा खेपिरहेका राजनारायण पाठकसँग विशेष अदालतले ७८ लाख धरौटी माग गरेको छ ।   अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासले पाठकसँग ७८ लाख धरौटी माग गरेको हो । 

पाठक बुधबार विशेष अदालतमा हाजिर भएका थिए । अख्तियार दुरुपयोेग अनुसन्धान आयोगका पूर्वआयुक्त पाठकले भक्तपुरको नेपाल इन्जिनियरिङ क्याम्पसको विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको सार्वजनिक भएपछि राजीनामा दिएका थिए । पाठकमाथि सत्तारुढ दल नेकपाले महाभियोग लगाउने तयारीसँगै उनले गत फागुन ३ गते राष्ट्रपति समक्ष राजीनामा दिएका थिए । 

इन्जिनियरिङ कलेजको स्वामित्व विवाद सल्टाइदिने भन्दै कलेज सञ्चालक समितिका एक समूहसँग ७८ लाख रुपैयाँ घूस लिएको समाचार सार्वजनिक भएपछि उनी नैतिक दवावमा परेका थिए । २०७४ भदौमा पाठकले अध्यक्ष सो समूहसँग दुई पटक गरी सो रकम लिएका थिए । 

पूर्वआयुक्त पाठकले घूस लिएर पनि काम नभएपछि पैसा फिर्ता लिनका लागि घुस दिनेहरुले उनलाई घुस दिएको विषयमा कुरा गर्दै पैसा फिर्ता मागेको भिडियो बनाएका थिए । 

आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीको पालामा पाठकले आयोगको सदस्यमा नियुक्ति पाएका थिए ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप