शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटनामा एक बालकको अवस्था गम्भीर, हेलिकप्टरमा पोखरा पठाइयो

बुधबार, ०१ जेठ २०७६, १७ : ५०
बुधबार, ०१ जेठ २०७६

बुटवल– मध्यपहाडी लोकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका वडा नं. ६, ठूलाबेंशीमा मोटरसाइकलले ठक्कर दिँदा एक बालक गम्भिर घाइते भएका छन् । सोही गाउँपालिका वडा नं.–६ घ्वाँगका १३ वर्षीय अमृत थापालाई लु ३१ प ३६०९ नं. को मोटरसाइकलले ठक्कर दिएको हो ।

घाइतेको अवस्था गम्भिर भएकोले हेलिकप्टरमार्फत पोखरा पुर्याई मणिपाल अस्पतालमा उपचार सुरु भएको घाइतेसँगै रहेका वडा अध्यक्ष मौसमकाजी क्षेत्रीले जानकारी दिएका छन् । घाइते बालक अचेत रहेको र आसिसियुमा राखेर उपचार चलिरहेको अस्पताल श्रोतले जनाएको छ  ।

मोटरसाइकल चालक बडिगाड गाउँपालिका ५ का शिखर गिरीलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको खार प्रहरीचौकीले जानकारी दिएको छ । विपरित दिशाबाट आइरहेको जिपलाई साइड दिने क्रममा बच्चालाई लागेको प्रत्यक्षदर्शीले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप