बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय विज्ञान सम्मेलन सम्पन्न, माइक्रोवायोलोजीका विद्यार्थीहरुको रिसर्च पोष्टर पस्तुती

बुधबार, ०१ जेठ २०७६, १६ : ००
बुधबार, ०१ जेठ २०७६

काठमाठौं– डी.ए.भी. कलेज र माइक्रोबायोलोजी सोसाइटी अफ इन्डियाको संयुक्त प्रयासमा आयोजीत दुई दिने अन्तर्राष्ट्रिय विज्ञान सम्मेलन सम्पन्न भएको छ । 

भारतीय दुताबासका डी.सी.एम. डा. अजय कुमारले उक्त अन्तर्राष्ट्रिय सम्मेलनले कृषि, जमिन, वातावरण, स्वास्थ्य लगायत विविध विषयवस्तुसँग सम्बन्धित समस्याहरुको समाधानको लागि शक्ति प्रदान गर्ने विश्वास व्यक्त गरे । सुन्दर भविष्यका लागि माइक्रोवियल प्रबिधि विषयसँग सम्बन्धित रहेको उक्त सम्मेलनले दिगो विकासको लागि माइक्रोवियल प्रविधि अपरिहार्य रहेको बताए । 

कर्णाली विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज वाग्लेले माइक्रोवियल प्रविधि मार्फत स्वास्थ्य क्षेत्रमा विद्यमान विभिन्न समस्याहरु सुल्झिएर जाने बताए । 

त्यस्तै निस्ट कलेजका डाइरेक्टर डा. माधव बरालले नेपाली विद्यार्थीहरुको अध्ययन र अनुसन्धानको दायरालाई विस्तार गरेको वताए । 

डी.ए.भी. कलेजका अध्यक्ष अनिल केडियाले कम तयारीका बाबजुद यति भव्य सम्मेलन सम्पन्न हुँदा अत्यन्त गौरबान्वित भएको बताए । उक्त सम्मेलनले मानिसको दैनिकीसँग सम्बन्धित विविध समस्या र तीनको बैज्ञानिक परिक्षणका साथ उचित समाधान दिएको उल्लेख गरे । 

त्यस्तै डा.अरविन्द देशमुखले नेपाल माइक्रोबायोलोजी अध्ययन र अनुसन्धानको लागि प्रचुर सम्भावना भएको र विद्यार्थीहरुको लगनशिलता हेर्दा नेपाल माइक्रोबायोलोजी क्षेत्रमा दक्ष जनशक्ति उत्पादनको केन्द्र हुनसक्ने बताए । 

देशभरबाट ४० विद्यार्थीहरुले कलेजको प्राङ्गगणमा रिसर्च प्रोष्टर प्रस्तुत गरेका थिए । झण्डै १६ वटा मौखिक प्रस्तुतीमा सहभागिहरुले छलफल र अन्तरक्रिया गरेका थिए ।

डी.ए.भी कलेजका डाइरेक्टर शशि भुषण चर्तुवेदीले देशैभरबाट माइक्रोवायोलोजी अध्ययनरत विद्यार्थीहरुले गरेको रिसर्च पोष्टर पस्तुतीले सबैलाई अनुसन्धान प्रति क्रियासिल रहन हौसला प्रदान गरेको बताए । 

उक्त अन्तर्राष्ट्रिय विज्ञान सम्मेलन गर्नुको मुख्य उद्देश्य सम्पूर्ण अनुसन्धानकर्ताहरु, व्यवस्थापक र नीति–निर्माणकर्ताहरुलाई एक ठाउँमा उपस्थित गराई सुचना तथा ज्ञान आदान–प्रदान गर्नु रहेको आयोजनकको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप