शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओपोको रमजान अफर, ए७ र एथ्रीएसमा विशेष डिस्काउन्ट

बुधबार, ०१ जेठ २०७६, १५ : ३५
बुधबार, ०१ जेठ २०७६

काठमाडौं– स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा रमजानको अवसर पारी आफ्ना दुई लोकप्रिय मोडलमा मूल्य समायोजनको घोषणा गरेको छ । ओपोले ए७ (४+६४ जीबी) र एथ्रीएस (२+१६ जीबी) भेरियन्टलाई नयाँ आकर्षक अफर मूल्यमा उपलब्ध गराएको हो । रमजान अफर अन्तर्गत अब यी फोनहरु क्रमशः २७ हजार ९ सय ९० र १५ हजार ९ सय ९०मा उपलब्ध हुनेछन् । 

अगस्ट २०१८मा सार्वजनिक ए३एस दक्षिण एसियाली बजारमा १३+२ एमपी डुअल रियर क्यामेरा र ८ एमपी एआई सक्रिय फ्रन्ट क्यामेरा तथा फुल स्क्रिन सहित सार्वजनिक पहिलो उपकरण हो । यो फोन विशेषगरी मितब्ययी मूल्यमा अत्याधुनिक प्रविधि समायोजित स्मार्टफोन चलाउन चाहनेहरु लक्षित गरी सार्वजनिक गरिएको हो ।

त्यसैगरी, ए७ भने बिगर ब्याट्री फोनका रुपमा नोवेम्बर २०१८मा सार्वजनिक गरिएको थियो । ए–सिरिज अन्तर्गत सार्वजनिक यी दुबै फोन नेपालमा सर्वाधिक विक्रि हुन सफल फोन मध्यका हुन् । मितब्ययी मूल्यमै फोनमा उपलब्ध गरिएका मोबाइल फोटोग्राफी अन्तर्गतका नवप्रर्बतन तथा उच्च अत्याधुनिक प्रविधिका लागि यिनले उपभोक्ता माझ निकै लोकप्रियता पायो । शक्तिशाली ब्याट्री सहित सार्वजनिक गरिएका दुबै फोन यूवा पुस्ता र तिनमा पनि विशेष गरी कलेज जाने पुस्ता माझ लोकप्रिय रहेका छन् । 

४ हजार २ सय ३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री सहितको ओपो ए७मा उपभोक्ताको प्राकृतिक तथा गुणस्तरिय तस्विर खिच्ने चाहना पुरा होस् भन्ने सोचका साथ १६ एमपी फ्रन्ट क्यामेरा (एआई २.० सहितको) र १३+२एमपी डुअल रियर क्यामेराको ब्यवास्था गरिएको छ । त्यसैगरी, ओपो एथ्रीएसमा भने १३+२ एमपी डुअल रियर क्यामेराका साथमा ८ एमपी एआई सक्रिय गरिएको फ्रन्ट क्यामेरा दिइएको छ । फोनमा सुपर फुल स्क्रिनका साथमा एआई ब्यूटी प्रविधि पनि उपलब्ध छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप