शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मलेसियाका लागि नेपाली राजदूतले पाए थप जिम्मेवारी

बुधबार, ०१ जेठ २०७६, १५ : २०
बुधबार, ०१ जेठ २०७६

काठमाडौं– मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई थप जिम्मेवारी दिइएको छ । 

उनलाई ब्रुनाइ दारुसलामका लागि गैरआवासिय राजदूतको पनि जिम्मेवारी दिइएको हो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपालको संविधाको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा ब्रुनाइको गैरआवासिय राजदूत पदमा नियुक्त गरेकी हुन् । 

 राजदूत पाण्डे यसअघि सन २०११ देखि २०१५ सम्म साउदी अरेबियाका लागि नेपाली राजदूत बनेका थिए । मलेसियाकाे लागि भने उनी गत चैतदेखि राजदूतकाे रुपमा कार्यरत छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप